add

सिङ्गल चार्जमा ३२० किलोमिटर गुड्ने एमजी जेडएस ईभीको बुकिङ खुला, यस्तो छ मूल्य






ActPro Nepal

|

१५ चैत, २०७९

|
394

काठमाडौं । एमजीका लागि नेपालको आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयूभी एमजी जेड एसयूभीका लागि प्रि–बुकिङ खुल्ला गरेको छ ।

९९ किलोवाटको मोटर र ५१ केडब्लूएचको ब्याट्री क्षमता रहेको यो मोडलको इन्जिनले २ सय ८० एनएमको अधिकतम टर्क प्रदान गर्ने कम्पनीको दाबी छ । 

आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रीले सिङ्गल चार्जमै ३२० किमिको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीको दाबी छ । यस एसयूभीको ब्याट्री लाइफ भने ८ वर्षको छ ।

यसमा छवटा एयर ब्याग,  ईएसपी, ईएबी, एचडीसी, अटो होल्डजस्ता फिचरहरू छन् भने मनोरन्जनका लागि प्रिमियम पानोरमिक सन–रुफ,  डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरका लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, छवटा स्पिकरसहितको थ्रीडी साउन्ड सिस्टम, ड्राइभरका लागि ६ वे र फ्रन्ट प्यासेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा  इसोफिक्स चाइल्ड सिट एन्कोरेज प्वाइन्टहरू (आउटर रियर सिटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङजस्ता फिचरहरू राखिएको कम्पनीले जनाएको छ ।

दुईवटा भेरियन्टमा उपलब्ध यस एसयूभीको कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरियन्टको मूल्य ५२ लाख ४९ हजार रुपैयाँ राखिएको छ । वैशाखबाट उपभोक्ताहरूलाई डेलिभरी गर्न शुरु गरिने भनिएको यस एसयूभीलाई १ लाख डिपोजिट तिरेर प्रि–अर्डर अथवा बुक गर्न सकिनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.