add

लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना






ActPro Nepal

|

१४ चैत, २०७९

|
367

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेताले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ग्राहकमाझ ल्याएको छ। यो ग्राहकमुखी योजना यही चैत १३, २०७९ देखि सुरु भएको छ ।

यस योजना अन्तर्गत ग्राहकले ५,००,००० सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २,००,००० सम्मको छुट , नयाँ वर्ष बोनस ८०,००० सम्म र एक्सचेन्ज बोनस ८०,००० सम्म जस्ता आकर्शक अफरहरू प्राप्त गर्न सक्नेछन्।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन्।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपालभरी१७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ। लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.