add

रियलमीद्वारा ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’लाई स्कुटर वितरण






ActPro Nepal

|

३० फागुन, २०७९

|
656

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरूलाई स्कुटर वितरण गरेको छ ।

यस वर्षको दशैंको अवसर पारेर ल्याइएको रिटेल स्कीम अन्तर्गत रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरू बिक्री गर्न सफल २१ विक्रेताहरूलाई टीभीएस एनटर्क स्कुटर उपहारको रुपमा प्रदान गरिएको हो ।

२१ मध्य ७ वटा स्कुटरहरू गत आइतबार नक्सालस्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालय लक्ष्मण बाबु भवनमा वितरण गरिएको थियो भने बाँकी सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जनाएको छ ।

उक्त स्किम अन्तर्गत काठमाडौंको डीजी मल्टी ब्राण्ड शोरुम, युनिक मोबाइल हब, खुलाल ट्रेड लिंक, पिआर ट्रेडर्स, समिप मोबाइल र कालिन्चोक मोबाइल, दमकबाट अम्बे मोबाइल एन्ड इलेक्ट्रोनिक्स, बाग्लुङबाट गौरव इलेक्ट्रोनिक्स, हेटौँडाबाट न्यू युनिक वाच एन्ड मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए ।

त्यस्तैगरी, जनकपुरबाट एम टेक, ओम मोबाइल सेल्स एण्ड सर्भिस, सुनिल मोबाइल, साम्संग मोबाइल् एन्ड इलेक्ट्रोनिक, वीरगन्जको सुजित मोबाइल सेन्टर र श्री गणेश मोबाइल सेन्टर, नेपालगन्जबाट किरण मोबाइल सेन्टर, धनगढिबाट न्यू सिम्रन ट्रेडर्स, न्यू रामेश्वरम सप्लायर्स र दाङको न्यू सभियोग मोबाइल शप र बुटवलबाट निश्चल मोबाइल सेन्टरले स्कुटर जित्न सफल भए ।

रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, ‘सर्वप्रथम त स्कुटर जित्न सफल सबै विक्रेताहरूलाई बधाई दिन चाहन्छु । साथै रियलमीका स्मार्टफोनहरू आम उपभोक्ताहरू माझ सहज रुपमा पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण विक्रेताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु, मलाई आशा छ आउँदा दिनहरूमा यसै गरी रियलमीलाई साथ र सहयोग प्रदान गर्नुहुनेछ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.