add

नाडाका पदाधिकारी र अर्थमन्त्रीबीच भेटघाट: अटोमोबाइल क्षेत्रका समसामयिक समस्याका विषयमा छलफल






ActPro Nepal

|

११ माघ, २०७९

|
444

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारी र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच मंगलबार काठमाडौँमा छलफल भएको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको हो ।

छलफलमा उपप्रधानमन्त्री पौडेलले सवारी साधनहरुलाई सरकारले विलाशीताको वस्तुमा वर्गीकरण गरेको सन्दर्भमा त्यसबारे आउँदो बजेटसम्बन्धि छलफलमा नाडालाई बोलाई त्यसबारे छलफल गरिने आश्वासन दिए ।

छलफलमा अध्यक्ष थापाले सरकारले आयातमा एलसि खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएकोमा धन्यवाद दिएका थिए । त्यसैगरी सरकारले ८ महिनादेखि नीजि प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएको प्रतिवन्ध पनि केही समयअघि फुकुवा गरेकोमा आभार व्यक्त गर्दै सरकारको हालको यो निर्णयहरुले अटोमोबाइल लगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने बताए ।

उनले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोबाइल व्यवसायीहरु आफ्नो व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था विद्यमान रहेको दुखेसो व्यक्त गरे । जसका कारण लाखौंको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरुले आफनो रोजगारी समेत गुमाइरहेको पनि जिकिर गरे ।

उनले नेपालका भन्सार नाकाहरुमा ६ महिनादेखि करिब तीन हजार सवारी साधनहरुको भन्सार जाँचपास समेत हुन नसकेको अवस्था रहेको उल्लेख गरे । उनले सो समस्या समाधानका लागि अर्थमन्त्रीसमक्ष पहल समेत गरे ।

छलफलमा अध्यक्ष थापाले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउन मागसमेत गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.