add

हराएका ब्लुबुक र लाइसेन्सको प्रतिलिपि सिफारिस अब अनलाइनबाटै






ActPro Nepal

|

२१ पुष, २०७९

|
360

काठमाडौं । ब्लुबुक, लाइसेन्स र सवारी इजाजत पत्र हराएमा अब अनलाइन मध्यमबाट ‘प्रतिलिपि सिफारिस’ लिन सकिने व्यवस्था भएको छ ।

अनलाइनबाट आवेदन लिएर सिफारिस दिने प्रक्रियालाई अनिवार्य गरिएको तर ट्राफिक कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

आवेदन दिएको ७२ घण्टापछि अनलाइन माध्यमबाटै सिफारिस पाउने व्यवस्था गरिएको छ । हराएको लाइसेन्स, ब्लुबुक र सवारी इजाजत पत्र नयाँ लिन ट्राफिक प्रहरीको सिफारिस अनिवार्य हुन्छ ।

सिफारिको लागि ट्राफिक प्रहरीको वेबसाइट  traffic.nepalpolice.gov.np मा गई लस्ट डकुमेन्ट्स एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ।

त्यसपछि त्यहाँ एउटा फर्म देखा पर्छ । आफ्नो कुन डकुमेन्ट हराएको हो, त्यसका क्लिक गरी फर्ममा माग भए बमोजिम नाम, फोन नम्बर, ठेगाना, सम्बन्धित व्यक्तिको परिचयपत्रको प्रतिलिपी सहित अनलाइन फर्म भर्नु पर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.