add

ब्याजदर एक अंकमा झार्न माग गर्दै यातायात व्यवसायीले दिए आन्दोलनको चेतावनी






ActPro Nepal

|

२२ कार्तिक, २०७९

|
463

काठमाडौं । कोरोना लगायत बिभिन्न समस्याका कारण थलिएका यातायात व्यवसायीहरुले ऋणको ब्याजदर एक अंकमा झार्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै ‘चालु पूँजी कर्जा मार्गदर्शन २०७९’ संशोधन गर्नु पर्ने माग पनि अघि सारेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको असर विभिन्न व्यवसायमा देखिएको भन्दै तीनवटा महासंघद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ ‘ यही सेरोफेरोमा नेपालको व्यापार व्यवसायमा देखिएको मन्दीसँगै नेपाली व्यापार र व्यवसाय हालसम्म पनि थला. परी तरलता अभावको समस्या खेप्नु परिरहेको वर्तमान अवस्थामा वाणिज्य बैक तथा वित्तीय संस्थाहरुबाट एक्कासि गरिएको कर्जाको ब्याजदरमा वृद्धिका साथै ‘चालु पूँजी कर्जा मार्गदर्शन २०७९’मा गरिएको व्यवस्था प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेपालको सार्वजनिक तथा मालवाहक यातायात र ढुवानी व्यवसायमा यथेष्ट योगदान दिदै आएको तीनवटै महासंघहरुले नेपालको अर्थतन्त्रमा आन्तरिक र बाहय कारणले बहुआयामिक प्रभाव परिरहेको तथ्यलाई मनन गर्दै तरलता व्यवस्थापन, ब्याजदर स्थायीत्व र मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैकले विशेष पहल गर्नुपर्ने माग पनि विज्ञप्तिमार्फत अघि सारेका छन् ।

तरलता अभावका कारण उद्योग व्यापार व्यवसायको मन्दीले यातायात व्यवसायलाई राहत सुविधा दिएर व्यवस्थापन गर्नुपर्ने अवस्थामा झनै आहात पुग्ने गरी एक पक्षीय ढंगले बैक तथा वित्तीय संस्थाहरुबाट अनुचित रुपमा गरिएको ब्याजदर वृद्धि गरेर कर्जा नीति संशोधन गर्न सार्वजनिक यातायात, मालवाहक यातायात र ढुवानी व्यवसायीहरु पीडित हुनुपर्ने अवस्था आएको ढुवानी व्यवसायी संघका महासचिव राजेन्द्रविक्रम बानियाँले बताए ।

उनले पहिले सामान्य किसिमले मात्र सञ्चालनमा रहेको यातायात व्यवसाय अत्यन्त जटिल अवस्थामा पुगी बन्द नै गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको गुनासो पनि सुनाए ।

तीन महासंघको विज्ञप्तिमा अगाडि भनिएको छ ‘अस्वभाविक रुपमा गरिएको ब्याजदर वृद्धिसँगै संशोधित कर्जा नीतिलाई संशोधन गरी एकल बिन्दुमा ब्याजदर कायम गर्नका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायत सम्बद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्दै निजी क्षेत्रले गर्दै आएको विरोधका कार्यक्रममा ऐक्यबद्धता जनाउने र देश व्यापीरुपमा चरणवद्ध आन्दोलनका कार्यकम गर्दै जान बाध्य हुने जानकारी गराउदँछौं’ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.