add

सवारी लाइसेन्सको नयाँ मापदण्ड, ट्रायलमा न्यूनतम ७० अंक ल्याए पास (निर्देशिकासहित)






ActPro Nepal

|

२९ साउन, २०७९

|
467

काठमाडाैँ । सरकारले सवारी लाइसेन्सकाे ट्रायलमा न्यूनतम ७० अंक ल्याए पास हुने व्यवस्था ल्याएकाे छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायातमन्त्री तथा सचिवहरूको बैठकले निर्देशिका कार्यान्वयन ल्याउने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै अब सबै प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वनमा आउनेछ ।

यसअघि प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्देशिका लागू भइसकेको छ । मधेस, बागमती र कर्णाली प्रदेशले भने यो व्यवस्था कार्यान्वनमा ल्याउन सकेका थिएनन् ।

संसोधनसहित ल्याइएको यो निर्देशिका अनुसार प्रयोगात्मक परीक्षा (ट्रायल) मा कुल १०० अंकभारमध्ये न्यूनतम ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.