new mega bankadd

एक सातामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडादर,यस्तो छ नयाँ भाडादर (भाडादरसहित)






ActPro Nepal

81

2022 May 24

काठमाडौं  । सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ ।

सरकारले विभिन्न आधार बनाएर अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर २.१ प्रतिशतले वृद्धि गरेको छ ।

पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा २.७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा १० जेठबाटै लागु हुने भएको छ ।

यसअघि विभागले जेठ ४ र २०७८ चैत २० गते भाडा वृद्धि गरेको थियो । आयल निगमले आइतबार रातिदेखि पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएको थियो ।

बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।

कुन रुटमा कति पुग्यो भाडा ?




प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2022. ALL RIGHTS RESERVED.