add

स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई जना पक्राउ






ActPro Nepal

|

७ माघ, २०७८

|
1037

सप्तरी । सप्तरीमा स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई युवक पक्राउ परेका छन् ।

भारतबाट नेपाली रकम भित्र्याएको आंशकामा चेकजाँच गर्दा डाक्नेश्वरी९५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका ९१२ का २४ वर्षीय दिलीपकुमार मण्डललाई अवैध १० लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत छिन्नमस्ता अस्पताल अगाडि चेकजाँच गर्दा प्रदेश २९०१९००३ प ३४७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट नौ लाख ९० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

स्रोत नखुलेको अबैध रुपैयाँ मोटरसाइकल र आरोपित दुई युवकमाथि थप अनुसन्धान कार्यका लागि सुनसरीको राजश्व कार्यालय इटहरी बुझाइएको प्रहरीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.