add

व्यवसायीलाई मर्यादापूर्ण व्यवहार गरियोस : नाडा






ActPro Nepal

|

२ माघ, २०७८

|
602

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले व्यवसायीलाई मर्यादापूर्ण व्यवहार गर्न ध्यानाकर्षण गराएको छ । प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथी भइरहेको व्यवहारबारे नाडाका अध्यक्ष ध्रुब थापाले आज विज्ञप्ति प्रकाशित गरी उक्त प्रतिक्रिया जनाएका हुन् । 

‘नेपालको अर्थतन्त्रमा अटोमोवाइलक्षेत्रको योगदान २५ प्रतिशत भन्दा बढी रहेको छ भने नेपालको रोजगारीमा पनि अटोमोवाइलक्षेत्रले १७ लाख भन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ । यस अटोमोवाइलक्षेत्रले वार्षिक झण्डै ४० हजारको संख्यामा देशमा रोजगारी उपलब्ध गराउदै आएको छ । यस मध्ये नेपालको अटोमोवाइलक्षेत्रको एक प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथी गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति नाडा अटोमोवाइल्स एशोसिएशनको गम्भिर ध्यानाकर्षण भएको छ ।’–विज्ञप्तिमा उल्लेख छ । 

‘सरकारले आब्हान गरेको टेण्डरहरुमा बतास समूहले सरकारले नै निर्धारण गरेकोे कानूनी प्रक्रिया अनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो । स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजीक्षेत्रले व्यवसाय गर्नु एउटा स्वभाविक प्रक्रिया हो । सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफनो जिम्मेवारीलाई अघि नवढाउनु गैर कानूनी हुनु पर्नेमा उल्टो अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रुपमा परिभाषित गर्ने प्रयास गरिएको छ । जुन कार्य अन्यायपूर्ण छ ।’–नाडाले भनेको छ । 

विज्ञप्तिमा अगाडि भनिएको छ–‘प्रक्रिया र कानून विपरित भएका गतिविधिमाथी सरकारले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई यस एशोसिएशनले अन्यथा लिने प्रश्न नै आउदैन, कुनै पनि आरोपको सत्यतथ्यको खोजि गरिनु पर्छ र आरोप प्रमाणित भए पश्चात मात्र दण्डित हुनु पर्छ भन्ने हाम्रो मान्यता हो र कानूनको सामान्य सिद्धान्तले पनि यहि भन्छ । समाचार कै आधारमा स्पष्टिकरणको समेत अवसर नै नदिई कारवाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित मान्न सकिदैन । सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षिय रुपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजीक्षेत्र कै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.