add

चिनियाँ याक बाइक नेपालमा सार्वजनिक, नेपालमै एसेम्बल गर्ने योजना






ActPro Nepal

|

२ माघ, २०७८

|
591

काठमाडौं  । जैष्णवी ग्रुपले नेपाली बजारमा याक ब्राण्डका इलेक्ट्रिक बाइक ल्याएको छ ।

कम्पनीले ‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ चिनियाँ विद्युतीय दुई पांग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइक नेपाल ल्याएको हो ।

याकले अन्य बाइकको तुलनामा कम ऊर्जा खपत गर्छ । यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने छ भन्ने हामीले विश्वास लिएका छौँ, कम्पनीकी अध्यक्ष स्मृती पालिखेले भनिन् ।

विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

बर्सेनि बढ्दै गएको आयातका कारण नेपालले भोग्दै आएको आर्थिक दबाबलाई विद्युतीय सवारी साधनको प्रयोगबाट कम गर्न सकिने उनले बताइन् । आगामी दिनमा विद्युतीय बाइक नेपालमै एसेम्बल गर्ने पनि कम्पनीको योजना छ ।

कम्पनीले काठमाडौँ उपत्यकाका प्रमुख भागमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने पनि योजना बनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.