add

नेपालमा नै एसेम्बल गरिएको याक ब्राण्डको विद्युतीय मोटरसाइकल अब बजारमा,केके छन् विशेषता ?






ActPro Nepal

|

२ माघ, २०७८

|
483

काठमाडौँ । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ‘याक बाइक्स’ नामक इलेक्ट्रिक मोटरसाइकल ल्याएको भित्र्याएको छ ।

‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ कम्पनीले चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक मोटरसाइकलहरू नेपाल भित्राएको हो । 

आकर्षक विशेषतासहितको यो मोटरसाइकलले अन्य मोटरसाइकलको तुलनामा निकै कम उर्जा खपत गर्ने कम्पनीको दावी छ । 

कम्पनीका अनुसार यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान पुर्याउनेछ । 

खनिज इन्धन, मुख्यतया पेट्रोलियम उत्पादनहरूको प्रयोग कम गर्न मद्दत गर्ने उक्त मोटरसाइकल  वातावरण संरक्षणमा मात्र केन्द्रित नभएर नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ “हामी दाबी गर्छौँ कि ‘याक बाइक्स’को अद्वितीय ब्रान्डिङ पनि इलेक्ट्रोनिक बाइक पारखीहरूको लागि रोजाइको महत्त्वपूर्ण कारक हुन सक्छ ।”

बाइक सार्वजनिकीकरण समारोहमा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन् । 

उनले नेपालले अहिले सामना गरिरहेको दुई प्रकारका वातावरणीय चुनौतीहरूप्रति आफ्नो चासो देखाएकी थिइन् । “प्राकृतिक स्रोत साधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या जसका लागि वास्तवमा हाम्रो देश जिम्मेवार छैन ।”

उनले भनिन्, “तर भविष्यमा अझ गम्भीर असर नेपालले भोग्नुपर्छ । विकासको दिगोपन अहिले हामीले प्रयोग गरिरहेका वातावरणीय व्यवस्थापन र स्रोतसाधनमा भर पर्छ भन्ने स्पष्ट छ ।”

आजको श्रोत व्यवस्थापनमा हुने खर्च नै सुरक्षित भविष्यका लागि भरपर्दो लगानी हो भन्ने विश्वासका साथ जैष्णवी ग्रुपले  ‘याक बाइक्स’लाई नेपालमा भित्राउने निर्णय गरेको उनको भनाई छ । 

सो अवसरमा जैष्णवी ग्रुपका सीईओ जोन खड्काले भने, “सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न  ‘याक बाइक्स’हरू यहाँ ल्याइएको हो । वातावरण मैत्री विद्युतीय सवारीहरूको प्रयोगले अहिले देखापरिरहेका समस्याहरूको  समाधान प्रदान गर्दछन् । नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुन सक्छ ।”


बर्सेनि बढ्दै गएको आयातका कारण नेपालले भोग्दै आएको आर्थिक दबाबलाई विद्युतीय सवारी साधनको प्रयोगबाट कम गर्न सकिने विश्वास रहेको कम्पनीले जनाएको छ । 

आयातित इन्धनमा नेपालको निर्भरता कम गर्न यसले ठुलो भूमिका खेल्न सक्ने सीईओ खड्काको दावी छ । उनले भने “आयात घटाउने यही उद्देश्यले हामीले हाम्रो बाइक नेपालमा एसेम्बल गर्ने तयारी समेत गरेका छौँ ।”

‘याक बाइक’को विशेषता

आर्थिक विकास लक्ष्यहरूलाई समर्थन गर्न

पूर्ण विद्युतीय सवारी साधन भएकाले 

वातावरणमैत्री सवारी

नेपालमा नै एसेम्बल गरिने भएकोले 

नेपाल सरकारको कानुन र नियमहरू अन्तर्गत पूर्ण रूपमा सञ्चालन हुने भएकाले 

नेपालका सहरलाई हरित सहरमा परिणत गर्ने उद्देश्य पूरा गर्न 

नेपाली ब्राण्ड र नामलाई स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न ।

यस बाहेक कम्पनीले ५०० भन्दा बढी न्यून आय भएका र बेरोजगारहरूका लागि रोजगारी सृजना गर्न लागेको छ । 

यसले बेरोजगारीको समस्या कम गर्न मद्दत पुर्याउने कम्पनीको भनाई छ । कर्पोरेट सामाजिक उत्तरदायित्वहरूको लागि पनि कम्पनी प्रतिबद्ध रहेको बताउँदै सीइओ खड्काले कम्पनीले काठमाडौँ उपत्यकाका प्रमुख भागमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने जानकारी दिए । यसले सवारी यात्रु र सर्वसाधारण दुवैलाई फाइदा पुग्ने उनको विश्वास छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.