add

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक, मूल्य रु. रु ८ लाख ४० हजार






ActPro Nepal

|

१९ कार्तिक, २०७८

|
594

काठमाडौं। महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले लिथियम–आयोन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो ट्रियो नेपालमा सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट रु ८ लाख ४० हजारमा किन्न सकिने छ ।

दक्षिण नेपालको तराई क्षेत्रका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु गरिएको जसको विक्रीवितरण महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले गर्ने छ ।

कम्पनीका अनुसार महिन्द्रा ट्रियोसँग ग्राहकले पेट्रोल अटोको तुलनामा वार्षिक रू २ लाख सम्म बचत गर्नसक्ने छन् ।

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रका अनुसार नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ विद्युतीय थ्री व्हीलर सवारी साधनको शुभारम्भ गर्ने सही समय हो ।

ट्रियो ठूलोमात्र नभइ यसमा २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ ।

८ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क भएको यो अटोले प्रतिघण्टा ५५ किलोमिटर सम्मको स्पिड दिन्छ । एक चार्जमा यो १३० किमि दुरी पार गर्न सक्छ ।

यसको ब्याट्रीको आयु १ लाख ५० हजार किलोमिटर रहेको कम्पनीको भनाइ छ । यसमा तीन वर्ष वा ८० हजार किमी वारेन्टी रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.