add

पठाओको दशैं महोत्सव : राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका






ActPro Nepal

|

२८ भदौ, २०७८

|
522

काठमाडौं । राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडा दसैंको अवसरमा राइडर र सेवाग्राहीलक्षित ‘पठाओ दसैं महोत्सव’ घोषणा गरेको छ । महोत्सवमा राइडरले टीभीएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका रहेको छ ।

१ असोज देखि २० असोजसम्म चल्ने महोत्सवमा हरेक हप्ता पाँच जना टप राइडर, तीन जना टप क्यापटेन र एक जना टप फुडम्यानलाई उपहार प्रदान गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असीममानसिंह बस्न्यातले जानकारी दिए । यो २० दिनको महोत्सवअन्तर्गत हरेक हप्ता राइडर, फुडम्यान र क्याप्टेन (ट्याक्सी चालक)ले पहिलो उपहार मोबाइल, दोस्रो उपहार टिभी, तेस्रो उपहार फ्रिज, चौथौं उपहार भ्याकुम क्लिनर र पाचौं उपहारमा मिक्सर जित्न सकिनेछन् । 

महोत्सवको अन्तिममा ३ हप्ताका विजेताहरूबाट एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत टीभीएस अपाचे आरटीआर १६० २भी प्राप्त गर्नेछन् । त्यसैगरी  उत्कृष्ट तीन पठाओ सेवाग्राहीले आइफोन १२ प्रो मोबाइल जित्ने अवसर प्राप्त गर्नेछन् । राइडर, क्याप्टेन र फुडम्यानले उपहार जित्नको लागि धेरै भन्दा धेरै ट्रिप अथवा डेलिभरी गरेको हुनुपर्नेछ । यस्तै राइडर र फुडम्यानले पठाओको ‘रुल बुक’ अनिवार्य रूपमा अनुसरण गरेको हुनुपर्नेछ । 

राइडर वा फुडम्यानले आफैंले आफूलाई राइड वा फुड रिक्वेस्ट गरेमा त्यो मान्य हुनेछैन । त्यसैगरी आफ्नै साथीभाइहरू मिली राइड वा फुड रिक्वेस्ट पनि गर्न पाइने छैन भने कुनै ग्राहकबिना नै राइड सुरु र अन्त्य गर्न पाइने छैन अथवा रिक्वेस्ट आएको स्थानमा नपुगी राइड इन्ड गर्न पाइनेछैन । साथै कुनै पनि राइडरले अफलाइन ट्रिप गर्न पाइने छैन । 

पठाओ सेवाग्राहीले यो महोत्सवमा उपहार जित्नको लागि २० दिनको अवीध्भित्र बाइक राइड, ट्याक्सी राइड, फुड वा पठाओ बजार गरी कम्तीमा २० पटक एप प्रयोग गरी पठाओको सेवा प्रयोग गरेको हुनुपर्ने र सेवाग्राहीको एपमा  आधिकारिक नाम र जन्ममिति उल्लेख भएको हुनुपर्ने पठाओले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.