add

‘क’ र ‘ख’ वर्गका एम्बुलेन्सलाई मात्रै राजस्व छुटको व्यवस्था (निर्देशिका सहित)






ActPro Nepal

|

२३ भदौ, २०७८

|
662

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ जारी गरेको छ । एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ खारेज गरी राष्ट्रिय एम्बुलेन्स निर्देशिका जारी गरेको हो ।

नयाँ निर्देशिका अनुसार जनस्वास्थ्य ऐन र नियमावलीको प्रावधानले तोकेका स्वास्थ्य संस्थाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । ५ देखि ५० शय्याको अस्पताल तथा प्रादेशिक र संघीय अस्पतालले कम्तीमा ‘क’ र ‘ख’ वर्गको एक/एकवटा एम्बुलेन्स व्यवस्था गर्नु निर्देशिकामा उल्लेख छ ।

प्रादेशिक र संघीय अस्पतालले सामान्य बिरामी ओसारपसार गर्ने गाडी पनि सञ्चालनमा ल्याउनुपर्ने प्रावधान निर्देशिकाले गरेको छ ।

एम्बुलेन्स सञ्चालन गर्दा ‘क’ र ‘ख’ कुन वर्गको प्राप्ति वा खरिद गर्न लागिएको स्पष्ट पार्नुपर्ने र यी दुई वर्गका एम्बुलेन्सलाई मात्रै राजस्व छुटको सिफारिस गरिने व्यवस्था गरिएको छ ।

यसअघि एम्बुलेन्स ‘क’, ‘ख’ र ‘ग’ गरी तीन वर्गका थिए। सरकारले नयाँ ल्याएको निर्देशिकामा ‘क’ र ‘ख’ वर्गको मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने र ‘ग’ वर्गका एम्बुलेन्सहरुले अब नविकरण गरेर ‘ख’ वर्गमा आउनुपर्ने व्यवस्था गरेको छ।

निर्देशिकाले चालक र एम्बुलेन्समा रहने आपत्कालीन मेडिकल प्राविधिकका लागि पोसाक पनि अनिवार्य गरेको छ ।

निर्देशिकामा ‘प्रेषण केन्द्र’ स्थापना गरी ‘क’ र ‘ख’ वर्गका १/१ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरिएको छ । सबै एम्बुलेन्सहरु अनिवार्य रुपमा फेर व्हील ड्रइभ, पावर स्टेरिंग, सस्पेन्स चेन सिस्टम हुनुपर्ने व्यवस्था गरेको छ।

यस्तो छ निर्देशिका




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.