add

होण्डा स्कुटर तथा मोटरसाइकलको मूल्य महँगिए, कसकाे मूल्य कति बढ्यो ?






ActPro Nepal

|

१७ भदौ, २०७८

|
845

काठमाडौं । होण्डाका ७ वटा मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि भएको छ । यसअघि सूचना जारी गर्दै मूल्य बढ्न सक्ने बताएको कम्पनीले ७ वटा मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको हो ।

कम्पनीका अनुसार नयाँ मूल्यसूची भदौ १५ गतेबाट लागु भएको छ ।

कम्पनीका अनुसार होन्डा साइनको ४ भेरियन्ट, ग्राजियाको दुई भेरियन्ट र एक्टीभाको एक भेरियन्टमो मूल्य वृद्धि गरेको छ । अन्यको भेरियन्टको मूल्य भने यथावत नै रहेको कम्पनीले जनाएको छ ।

होण्डा साइनका चार भेरियन्ट सीबी साइन डिआरएस, सीबी साइन डिएसएस, साइन एसपी डीआरएस र साइन एसपी डीएसएस रहेका छन् । कम्पनीका अनुसार यी चारवटै भेरियन्टको मूल्य ५/५ हजार रुपैयाँ बढेको छ ।

त्यस्तै, ग्राजिया डिइलएक्स भेरियन्टको मूल्य ७ हजार रुपैयाँ बढेको छ, भने, एकक्टिभा एसटीडी र ग्राजिया एसटीडीको मूल्य ३/३ हजार रुपैयाँ बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.