add

रोयल इन्फिल्ड : यस्ता छन् क्लासिक ३५० मा भएका ५ परिवर्तन






ActPro Nepal

|

१३ भदौ, २०७८

|
602

काठमाडौं । रोयल इन्फिल्ड यूवाहरुका बिच निकै लोकप्रिय छ । यसैबिच कम्पनीले रोयल इन्फिल्डको नयाँ भेरियन्ट क्लासीक ३५० को नयाँ जेनेरेशन बजारमा ल्याउने तयारी गरिरहेको छ । भारतमा सेप्टेम्बर अन्त्यसम्ममा यसको विक्री सुरु हुने बताईएको छ ।

नेपाली बजारमा पनि क्लासीक ३५० का मोडल धेरै माग हुने मोडलमा पर्छ । कम्पनीले नयाँ जेनेरेशन क्लासीक ३५० मा निकै नै परिर्वतन गरेको छ ।

जुन निम्न छ :

१. इन्जिन

रोयल इन्फिल्डले नयाँ प्लेटफर्ममा क्लासीक ३५० निर्माण गरेको हो, भने यसमा नयाँ इन्जिनको प्रयोग गरेको छ । कम्पनीले ‘जे’ प्लेटफर्ममा निर्माण गरेको क्लासीक ३५० लाई मेटोर ३५० को प्लेटफर्ममा नै निर्माण गरेको हो । नयाँ प्लेटफर्ममा निर्माण भएको नयाँ क्लासिक ३५० को पावर थोरै बढेको छ ।

२. ट्रीपर नेभीगेशन

न्यू जेनेरेशन मोडलमा ट्रीपर नेभीगेशन दिइएको छ । तर, यसको बारेमा धेरैलाई थाहा नहुन सक्छ । यसको सबै भेरियन्टमा भने ट्रीपर नेभीगेशन फिचर उपलब्ध हुने छैन । कम्पनीले टप भेरियन्टमा मात्र ट्रीपर नेभीगेशन दिने छ । कम्पनीले ट्रीपर नेभीगेशनलाई एशोसरिजका रुपमा भने विक्री गर्नेछ ।

३. किक स्टार्टर

न्यू जेनेरेशन क्लासीक ३५० मा कम्पनीले किट स्टार्ट गर्ने अप्सन हटाएको छ । कम्पनीले हालसम्म निर्माण गरेको क्लासीक ३५० का सबै भेरिन्यटमा किक स्टार्ट अप्सन दिएको थियो । पहिलो पटक किक स्टार्ट नभएको क्लासीक ३५० सार्वजनिक गर्दैछ ।

४. एबीएस

रोयल इन्फिल्डले एबीएस फिचर पनि अप्सनल दिएको छ । कम्पनीले केही भेरियन्टमा सिंगल च्यानल एबीएस र केही भेरियन्टमा डबल च्यानल एबीएस दिनेछ ।

५. कलर

कम्पनीले हालसम्म कै सर्वाधिक धेरै कलर अप्सनमा न्यू जेनेरेशन क्लासीक ३५० ल्याउने भएको छ । कम्पनीले यसलाई विभिन्न ११ कलरमा बजारमा उतार्ने छ । – दैनिक भास्कर


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.