add

केटीएम मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक, एडीबी ३९० को मूल्य १० लाख नाघ्यो






ActPro Nepal

|

१५ साउन, २०७८

|
669

काठमाडौं । केटीएम मोटरसाइकलका भेरियन्टको मूल्य बढाएको छ ।

नेपालको लागि केटीएम मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले शुक्रबारदेखि लागु हुने गरि सबै मोडलको मूल्य वृद्धि गरेको हो ।

कम्पनीले सार्वजनिक गरेका नयाँ मूल्यसूची अनुसार ४० हजार रुपैयाँदेखी ९५ हजार रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।

कम्पनीले सबैभन्दा धेरै केटीएम आरसी ३९० मा ९५ हजार मूल्य वृद्धि गरेको छ । मूल्य वृद्धि भएसंगै आरसी ३९० को मूल्य ९ लाख ४४ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि आरसी ३९० को मूल्य ८ लाख ४९ हजार ९०० रुपैयाँ रहेको थियो ।

३९० एडीबी को मूल्य १० लाख नाघ्यो

त्यस्तै, केटीएम ३९० डुक र केटीएम एडीबी ३९० को मूल्य समान ९० हजार बढेको छ । यसअघि केटीएम ३९० डुकको मूल्य ८ लाख ७९ हजार ९०० रहेकोमा मूल्य वृद्धि भएसंगै यसको मूल्य ९ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ ।

मूल्यवृद्धिअघि ९ लाख ९९ हजार ९०० मूल्य रहेको एडीबीको ३९० मूल्य अहिले १० लाख ८९ हजार ९०० रुपैयाँ पुगेको छ ।

केटीएम २५० एडीबीको मूल्य ७० हजार रुपैयाँ बढेको छ । यसअघि ७ लाख ४९ हजार ९०० रुपैयाँ मूल्य रहेको यस बाइकको मूल्य मूल्यवृद्धि भएसंगै ८ लाख १९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

केटीएम २५० डुकको मूल्य ५० हजार रुपैयाँ बढेको छ । यसअघि ६ लाख ७४ हजार ९०० रुपैयाँ मूल्य रहेको यस बाइकको मूल्य मूल्य वृद्धि भएसंगै ७ लाख २४ हजार ९०० रुपैयाँ पुगेको छ ।

आरसी २०० र केटीएम २०० डुकको मूल्य समान ४० हजार रुपैयाँ बढेको छ । यसअघि ५ लाख ४४ हजार ९०० रुपैयाँ रहेको केटीएम २०० डुकको मूल्य मूल्यवृद्धि भएसंगै ५ लाख ८४ हजार ९०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, मूल्यवृद्धि हुनुअघि ६ लाख १९ हजार ९०० रुपैयाँ रहेको आरसी २०० को मूल्य मूल्यवृद्धि भएसंगै ६ लाख ५९ हजार ९०० रुपैयाँ पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.