add

यातायात व्यवसायीले असार २१ गतेसम्म सरकारको निर्णय कुर्ने






ActPro Nepal

|

१८ असार, २०७८

|
960

काठमाडौं । नेपाल यातायात राष्ट्रिय महासंघ र यातायात सम्वद्ध विभिन्न ट्रेड युनियनहरुले २१ गतेसम्म सरकारको निर्णयलाई पर्खने भएका छन् ।

काठमाण्डौ जिल्लाका प्रमुख अधिकार कालीप्रसाद पराजुलीको नेतृत्वमा विहिबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधि सहितको बैठकमा यस्तो सहमति भएको हो ।

गत असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ सिटभन्दा बढी क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनले विज्ञप्ति जारी गरी सो निर्णय खारेज नभए स्वत: स्फुर्तरुपमा असार १८ गतेदेखि देशव्यापी रुपमा सबै सवारीसाधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।

सोही विषयमा बिहीबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सीसीएमसी, मातहतका निकाय, स्वास्थ्य मन्त्रालय तथा जिल्लास्तरमा पनि समन्वय गर्नुपर्ने भन्दै ४ दिनको समय मागेका थिए ।

प्रजिअले केही समय मागेकाले आफूहरु तत्कालका लागि १८ गतेदेखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाटपछि हटेको नेपाल यातायात राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.