add

अटोमाबाइल क्षेत्रमा टेक कम्पनीको सक्रियता बढ्यो, एप्पलपछि इलेक्ट्रिक सवारी बनाउदै साओमी






ActPro Nepal

|

१८ चैत, २०७७

|
845

काठमाडौं । विश्व बजारमा विद्युतीय सवारीहरूको माग दिन प्रतिदिन बढ्दै छ ।

यससँगै, धेरै कार कम्पनीहरूले इलेक्ट्रिक कार निर्माणको प्रक्रिया सुरु गरिसकेका छन् । कार निर्माता कम्पनी बाहेक केहि टेक कम्पनीहरूले पनि इलेक्ट्रिक सवारी बनाउने तयारी गरिरहेका छन् । यसअघि अमेरिकी टेक कम्पनी एप्पलले पनि सन् २०२४ सम्ममा बजारमा कार सार्वजनिक गर्ने घोषणा गरिसकेको छ ।

यस्तैमा पछिल्लो जानकारी अनुसार चीनको लोकप्रिय स्मार्टफोन कम्पनी शाओमीले पनि इलेक्ट्रिक सवारी बनाउने तयारी थालेको छ ।

ग्रेटवालसंग साझेदारी

चिनीया मिडिया रिपोर्टका अनुसार, शाओमीले इलेक्ट्रिक सवारीहरू बनाउन ग्रेट वाल कम्पनीसँग साझेदारी गरेको छ । कम्पनीले लेक्ट्रिक सवारी साधन ग्रेट वाल प्लान्टमा बनाउनेछ । दुबै कम्पनीहरु अर्को हप्तासम्ममा यस कुराको घोषणा गर्ने बताईएको छ ।

विश्व बजारमा सार्वजनिक गर्ने तयारी

ग्रेट वालले यो भन्दा पहिले कुनै पनि कम्पनीको साथ कुनै गाडी निर्माण गरेको थिएन । कम्पनीले शाओमीको यस परियोजनालाई अगाडि बढाउन ईन्जिनियरिंगमा सहयोग पु¥याउँछ । शाओमीले आफ्नो इलेक्ट्रिक सवारी विश्व बजारमा ल्याउने तयारी गरिरहेको छ । यद्यपि यो खुलासा गरिएको छैन कि यी सवारी साधनहरूले बजारमा कहिलेबाट उपलब्ध हुन्छ ।

शेयर बजारमा आयो उछाल

इलेक्ट्रिक सवारी बनाउने कुराले गत शुक्रबार शाओमीको शेयर मूल्य ६.७१ प्रतिशत बढ्यो । यस्तै हङकङ बजारमा ग्रेट वालको शेयर मूल्य ८ प्रतिशत बढ्यो । (एजेन्सी)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.