add

यामाहा नेपालको फ्रिडम इनिसिएटेड (एफआइ) नयाँ वर्ष






ActPro Nepal

|

१७ चैत, २०७७

|
836

काठमाडौं । यामाहा नेपालले नयाँ वर्ष २०७८ को लागि आफ्नो प्रवद्र्धनात्मक फ्रिडम इनिसिएटेड ९एफआई० नयाँ वर्ष २०७८ योजना अघि ल्याएको छ । यो योजना अन्तर्गत प्रत्येक महिनाको भाग्यशाली विजेताले बम्पर पुरस्कार वापत् २० लाख ७८ हजार रुपैयाँ पाउने भएका छन् ।

साथै स्क्य्राच कार्ड मार्फत् ग्राहकहरुले २ लाख ७ हजार रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्नेछन् । ग्राहकलाई थप सुविधा दिने उद्धेश्यका साथ यामाहा नेपालले उत्कृष्ट वित्तीय योजना पनि प्रस्तुत गरेको छ, जस अनुसार मोटर साइकलतथा स्कूटरहरु ० प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ईयामआई सुविधाका साथ पाउन सकिन्छ ।

नयाँ वर्षका प्रवद्र्धनात्मक योजनाका बारेमा जानकारी दिँदै यामाहा नेपालको सीईओ चिरञ्जिवी शाह भन्छन् “कोभिडले हामी सबैलाई २०७७ अत्यन्त कठिन तथा संकुचित बातावरण बनाई दिएको थियो । बितेको त्यो वर्षको कटु अनुभवलाई थाँती राखी हामी अब आउँने नयाँवर्ष २०७८मा उत्साह र खुशीयाली लिएर आउने अपेक्षा गरेका छौं । सोही अपेक्षालाई दृष्टिगत गरेर हामीले जुन योजना अघि सारिरहेका छौं, त्यसले हाम्रा ग्राहकहरुमा थप खुशीयाली ल्याउने तथावर्ष २०७८ मा स्वतन्त्रताको पहललाई नेतृत्वगर्ने अपेक्षा गरेका छौं । हाम्रासवारी साधनका दायराहरु आधुनिकरण गर्दै, एफआइप्रविधि जडित छन् । हामीले ग्राहकहरुलाई हाम्रा विविध उत्पादनहरुको माध्यमबाट प्रदानगर्न चाहेको अद्भूत अनुभव भनेको नै त्यै हो । हाम्रा उत्पादन तथा उपहार योजनाबाट धेरै भन्दा धेरै ग्राहकहरुले फाईदा लिनहुने छ भन्ने हामीलाई विश्वास छ ।”

यामाहा नेपालमा फ्युलइन्जेक्टेड मोटर साइकल र फ्युलइन्जेक्टेड स्कूटरहररु उपलब्ध गराउने पहिलो ब्राण्ड बन्दै अत्याधुनिक प्रविधियुक्त २ पाँग्रे सवारी साधनहरुको बजारमा अग्रणी रहँदै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.