add

एमजीको नयाँ एसयूभी ‘एचएस’ नेपाल आउँदै, अहिले बुकिङ गर्नेलाई मार्च दोस्रो सातासम्ममा डेलिभरी दिने






ActPro Nepal

|

२० माघ, २०७७

|
621

काठमाडौं । एमजी कम्पनीका लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी पारामाउन्ट मोटर्स प्रालि एमजीएचएस ब्राण्डको प्रिमियम एसयूभी कारको अग्रिम बुकिङ खुला गरेको छ ।

‘अल न्यू स्टाइलिस एसयूभी’ कारको रुपमा कम्पनीले नेपाली बजारमा भित्र्याउन लागेको एमजी एचएसमा  सुरक्षाका आवश्यक सबै मापदण्ड पूरा रहेको र एचएसमा अगाडि ड्यूल र साइड कटन एयर व्याग दिइएको पारामाउन्ट मोटर्सले जनाएको छ ।

बिक्रेता कम्पीका अनुसार कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रायाप सहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफू अनुकुल बनाउन सकिने ड्राइभिङ सिट रहेका छन् ।

त्यस्तै, यात्रुमैत्री बनाउन ४ तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुबै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यू मिरर जस्ता विशेषता यो कारमा उपलब्ध छन् ।

कम्पनीका अनुसार १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा रहेको छ । यसले एप्पल कार प्ले र एन्ड्रोइड सिष्टम अटो सपोर्ट हुन्छ । १८ इन्चको अलोय ह्वील र पूर्ण रुपमा लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुबैलाई प्रिमियम बनाएको कम्पनीले जानाएको छ ।

एमजीएचएसमा १.५ लिटर टर्बो इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १५२ पीएस पावर र १७०० देखि ४४०० आरपीएममा २५० एनएमपिक टर्क प्रदान गर्ने जनाएको छ । यसमा ७ स्पीड डिसिटी गियरबक्स उपलब्ध छन् ।

यसलाई नेपाल ल्याएको अवसर पारेर केही समय कम्पनीले ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री सुरु गर्न लागेको हो ।

कालो, सेतो र रातो रंगमा यो कार उपलब्ध छ । अहिले बुकिङ गर्ने ग्राहकलाई आगामी मार्च दोस्रो सातासम्ममा डेलिभरी दिइने कम्पनीले जनाएको छ । पुरानो गाडीलाई एक्सचेन्ज गर्न चाहनेहले समेत यो कार बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.