add

लाइसेन्सको लिखित र ट्रायल परीक्षा अनिश्चितकालका लागि स्थगित






ActPro Nepal

|

२७ पुष, २०७७

|
843

काठमाडौं । यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तर्गतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरेको छ ।

एक सूचना जारी गर्दै परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको कार्यालयले जनाएको छ ।

लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने व्यहोरापत्र प्राप्त भएकाले आजैदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कार्यालबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ’ कार्यालद्धारा जारी सूचनामा भनिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.