add

हुन्डाईको ‘ग्राण्ड आई १० नियोस’ नेपालि बजारमा , यस्ता छन विशेषता






ActPro Nepal

|

२ असोज, २०७७

|
1216

काठमाडौं । हुन्डाई अटोमोबाईलको नेपालका लागि अधिकृत विक्रेता लक्ष्मी ईन्टरकन्टीनेन्टलले नेपालमा हुन्डाई ग्राण्ड आई१० नियोस सार्वजनिक गरेको छ । 

कम्पनीले लामो समयदेखि ग्राण्डलाई माया गर्ने ग्राहकलाई मध्यनजर गर्दै उक्त गाडी नेपालमा पनि सार्वजनिक गरेको हो ।

स्टाईलीस लुक्ससहितको नियोसमा भीटीभीटी प्रविधिमा आधारित १ दशमलव २ लिटर पेट्रोल ईन्जीन प्रयोग गरिएको छ । यस्तै गाडीमा अन्य धेरै प्रकारका सुविधाहरु जडान गरिएको छ जसले ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले हाल उक्त गाडी पोलार ह्वाईट, टाईफुन सिल्भर, टाईटान ग्रे, फेईरी रेड र अक्वुवा टिल रंगहरुमा सार्वजनिक गरेको छ ।

कारमा एप्पल कारप्ले, एन्ड्रोईट अटो, टचस्क्रिन ईन्फोटेनमेन्ट सिस्टमलगायत जडान गरिएको छ । यस्तै क्याविन एण्ड रियर एसी, एयरब्याग, रियर पार्किङ क्यामरालगायत यस गाडीका अन्य विशेषताहरु हुन् । कम्पनीले उक्त गाडीको सुरुवाती बजारमूल्य ३० लाख ९६ हजार रुपैयाँ तोकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.