add

परिमार्जित रुपमा नेपाल भित्रिएको केटीएम २०० र २५० ड्युक बाइकको मूल्य कति ? के छन विशेषता ?






ActPro Nepal

|

१ असोज, २०७७

|
769

काठमाडौं । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएम २०० ड्युक बाइक परिमार्जित रुपमा नेपाली बजारमा विक्री सुरु गरेको छ ।

परिमार्जित रुपमा कम्पनीले बीएस ६ मापदण्डयुक्त २०२० मोडलको केटीएम २०० ड्युक नेपाली बजारमा उपलब्ध गराएको हो ।

यस बाइकको एकदमै नयाँ अनि ज्यादै हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ तथा यसको पूरै बनावटलाई नयाँ रुप दिइएको कम्पनीको दाबी छ ।

इन्धन ट्यांककीको क्षमतालाई १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ । जसबाट चालकले ३० प्रतिशत अतिरिक्त दूरीसम्मको आनन्द लिन सक्छन् ।

नयाँ केटीएम २०० ड्युक दुई नयाँ रङको विकल्पः इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक व्हाइटमा उपलब्ध छ । बाइकको मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

केटीएम २५० ड्युक पनि बीएस ६ इन्जिनका साथ उपलब्ध भएको छ । यसमा भएको ओपन–कार्टिज, अपसाइड–डाउन डब्ल्युपी फोर्क, स्लीपर क्लच र प्री–लोड एड्जस्टेबल मोनोसक जस्ता दमदार एवं शानदार विशेषताहरुले भरिपूर्ण यो बाइक धेरै तीव्र एवं फुर्तिलो छ ।

यसले ३० पीएसको दामदार पावरको साथ २४ एनएम टर्क उत्पन्न गर्दछ । यसको मूल्य ६ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.