add

भदौ मसान्तसम्म सवारी साधनको लाइसेन्स नवीकरण गरे जरिवाना नलाग्ने






ActPro Nepal

|

२७ भदौ, २०७७

|
793

काठमाडौं । उपत्यकामा तीन हप्ताको निषेधाज्ञापछि बन्द रहेका वागमती प्रदेश माताहतका यातायात कार्यालयहरु आइतबारबाट पूर्णरुपमा खुल्ने भएका छन् ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र शाखा ललितपुरले एक सूचना प्रकाशन गर्दै भदौ २८ गते आइतबारबाट लाइसेन्स नवीकरणको सेवा दिने जानकारी दिएको हो ।

लकडाउनलाई शुन्य अवधी मानेर सो बीचमा नवीकरण म्याद सकिएका सवारी चालकले भदौ मसान्तसम्ममा लाइसेन्स नवीकरण गर्दा जरिवाना नलाग्ने पनि जनाएको छ ।

यसअघि सिस्टम मोडिफिकेसन नहुँदा सेवाग्राहीले लाइसेन्स नवीकरण गर्दा अतिरिक्त शुल्क तथा जरिवाना तिर्दै आएका थिए ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको अवधिमा लाइसेन्स नवीकरणको म्याद सकिएको भए पनि नवीकरण गर्न नपाएका सवारी धनीले जरिवाना तिर्नु पर्ने छैन् ।

लाइसेन्स नवीकरण बाहेकका अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कार्यालयले जनाएको छ ।

व्यवस्थाअनुसार लकडाउन अवधिमा एक वर्ष भइ नयाँ तथा वर्ग थप ट्रायल परीक्षा उत्तिर्ण, नवीकरण गर्नुपर्ने म्याद समाप्त भइ ५ वर्ष पूरा भएका, नवीकरण गर्नुपर्ने अवधि लकडाउनको समयमा सकिएकाहरू सबैको नवीकरणको राजश्व शुल्कमा लकडाउन अवधिदेखि भदौ ३१ सम्मलाई शून्य अवधि कायम गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.