add

उपत्यकामा सार्वजनिक यातायात चलाउन यी सर्त अनिवार्य






ActPro Nepal

|

२५ भदौ, २०७७

|
803

काठमाडौं भदौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै विहिबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन्।

सार्वजनिक यातायात संचालन गर्दा तोकिएका सबै सर्त र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य गरिएको छ ।

यात्रुवाहक सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्दा मापदण्ड अनुरूप सामाजिक दुरी कायम हुने गरी एक लहरमा एक जना (कूल सीट क्षमताको आधा भन्दा नबढ्ने गरी) मात्र बस्ने व्यवस्था मिलाउनु पर्नेछ ।

चालक, सहचालक तथा यात्रुहरूले मास्क अनिवार्य लगाउनु पर्ने, सवारी साधनको ढोकामै स्यानीटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रूपमा सवारी साधनको दैनिक निसंक्रमित गरिएको हुनुपर्नेछ।

भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना मात्र र परिवारभित्रमा ५ वर्षमुनिका बालबालिका २ जनासम्म थप राख्न सकिने छ।

यसरी सञ्चालन हुने सार्वजनिक तथा निजि सवारी साधनहरु जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्नु पर्नेछ ।

तर मालबाहक ढुवानीका सवारी साधनहरु सञ्चालनको हकमा जोर विजोर प्रणाली लागु हुने छैन।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.