add

२५ गते देखि सम्पूर्ण व्यवसाय खोल्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको चेतावनी






ActPro Nepal

|

२३ भदौ, २०७७

|
1419

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निषेधाज्ञामा पुर्नविचार गर्न अपिल गरेको छ ।

लकडाउन नै संक्रमण रोकथामको एक मात्र उपाय हो भन्‍ने आधार विश्वमा समेत नदेखिएको भन्दै नाडाले भदौ २५ गते देखि सम्पूर्ण व्यवसाय खोल्ने चेतावनी दिएको छ ।

सोमबार एक विज्ञप्ति निकाल्दै नियमित रुपमा व्यवसाय यही तथ्यहरुलाई मनन गरी सरकारले पनि निषेधाज्ञाका सन्दर्भमा पुर्नविचार गर्नुपर्ने देखिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, लकडाउनका कारण अटोमोवाइल व्यवसायीहरु पनि ठूलो मारमा परेको र उनिहरुलाई आफ्नो उद्योग व्यवसायबाट नै वञ्‍चित हुनु पर्ने अवस्था सिर्जना भएको जनाइएको छ । “अब अति भयो, समयलाई बुझौं, संसारलाई नियालौं र अब काम गरौं” ।

सरकारले संक्रमणबाट बच्‍ने सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउन नाडाले माग गरेको छ । सरकारले त्यस्तो व्यवस्था नगरेपनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने बताएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.