add

टाटा गाडीको किस्ता ६ महिनासम्म तिर्नु नपर्ने






ActPro Nepal

|

२५ साउन, २०७७

|
750

काठमाडौं । टाटा गाडीको ब्राण्डका कार एन आई सी एशिया बैंकको सुपर चमत्कारिक सवारी कर्जामार्फत खरिद गर्दा ६ महिनासम्मको किस्ता तिर्नुनपर्ने भएको छ ।

एन आई सी एशिया बैंक लिमिटेड र टाटा ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि.बीच यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने समझदारी पश्चात उक्त सम्झौता भएको बैंकले जनाएको छ ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत  सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन ।

उक्त ब्राण्डका कार बिक्री गर्दा सिप्रदी ट्रेडिङ प्रा. लि. ले यस बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले सिप्रदी ट्रेडिङ प्रा. लि. का उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ । 

साथै यस बैंकको सुपर चमत्कारिक कर्जा योजना अन्तर्गतको सुपर चमत्कारिक सवारी कर्जामार्फत सिप्रदी ट्रेडिङ प्रा. लि. द्वारा बिक्री गरिने टाटा ब्राण्डका कार खरिद गर्दा ग्राहक महानुभावहरूले ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्न नपर्ने सुविधा रहेको छ । 

यस बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत टाटा ब्राण्डका कारहरू ग्राहक महानुभावहरूले खरिद गर्न सक्नुहुनेछ । 

यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहनुहुने ग्राहक महानुभावहरूले लिन सक्नुहुनेछ । 

यस बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहक महानुभावहरूलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । 

यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम रू. २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ र बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी यस बैंक र सिप्रदी ट्रेडिङ प्रा. लि. बीच भएको छ ।

यो सुविधा सिप्रदी ट्रेडिङ प्रा. लि. का देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहक महानुभावहरूले लिन सक्नुहुने समझदारीपत्रमा उल्लेख छ । यस सँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । 

बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ  । 

एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

यस कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले बैंकले ‘सवारी कर्जा सहायता डेस्क’ स्थापना गरेको छ । 

उक्त बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.