add

आजदेखि सञ्चालनमा आउँदै टुटल र पठाओ






ActPro Nepal

|

८ साउन, २०७७

|
618

काठमाडौं । सरकारले बन्दाबन्दी अन्त्य गरेसँगै राइड शेयरिङ कम्पनी टुटल र पठाओले आजदेखि आफ्नो सेवा पुनः शुरू गर्ने भएका छन् । सरकारले गतचैत ११ बाट देशव्यापी बन्दाबन्दी गरेपछि सार्वजनिक यातायातसँगै टुटल र पठाओ पनि बन्द भएका थिए । राजधानी काठमाडौंमा यी दुई राइड शेयरिङ कम्पनी छोटो समयमै लोकप्रिय बनेका छन् ।

टुटलले ३ वर्षदेखि राइड शेयरिङ सेवा दिइरहेको छ भने पठाओ डेढ वर्ष अघिबाट सञ्चालनमा आएको हो । मोटरसाइकलमार्फत भाडामा यात्रु बोक्ने यी दुई कम्पनी सार्वजनिक यातायातको भरपर्दो विकल्पका रूपमा स्थापित हुँदै छन् ।

छोटो दूरीको सार्वजनिक यातायात खोल्ने सरकारी निर्णयसँगै यी दुई कम्पनीले पनि आफ्नो सेवा सुचारू गर्ने निर्णय गरेका हुन् । त्यसो त पठाओले २ साताअघिदेखि नै अत्यावश्यक अवस्थाका लागि भनेर १०० जना चालकमार्फत सीमित रूपमा आफ्नो सेवा सञ्चालन गरिसकेको छ । पठाओले एउटा यात्रुमार्फत चालकबाट २० प्रतिशत लिने गरेकोमा यस अवधिमा शतप्रतिशत आम्दानी चालकलाई नै दिने निर्णय गरेको थियो । कम्पनीले बिहीवारदेखि ५० जना चालक थप्न लगेकोमा क्रमशः हरेक दिन ५० जना चालक थप्दै जाने तयारी गरेको छ ।

त्यस्तै टुटलले पनि बिहीवारबाटै आफ्नो सेवा सञ्चालन गर्ने तयारी गरेको छ । मास्क, पञ्जालगायत चालकलाई अत्यावश्यक सुरक्षा सामग्री वितरण गरी सेवा शुरू गरिने तथा क्रमशः चालकको संख्या बढाउँदै लैजाने टुटलका कार्यकारी निर्देशक शिक्षित भट्टले बताए । उनका अनुसार बन्दाबन्दीको समयमा कम्पनीले यात्रु र चालकलाई सहज हुने गरी आफ्नो एपलाई थप अद्यावधिक गरेको छ । भट्टका अनुसार करीब ३० हजार चालक सञ्जाल भएको टुटलमा अहिलेसम्म १५ सय चालक सम्पर्कमा आइसकेका छन् ।

पठाओले आफ्ना सबै चालकलाई पीपीईभन्दा एक तहमुनिको सुरक्षा पहिरन बीपीजी (ब्रिदेबल प्रोटेक्टिभ गियर) प्रदान गरेको छ । ‘हामीले चालकलाई सुरक्षा सामग्री उपलब्ध गराएर मात्र सेवा शुरू गर्न लागेका छौं । प्रत्येक दिन ५० जनालाई पुग्ने मात्र सुरक्षा सामग्री सप्लायर्स कम्पनीहरूले उपलब्ध गराइरहेकाले त्यही संख्यामा चालक थप्दै जाने तयारी गरेका हौं,’ कम्पनीका सहायक प्रबन्धक शशांक थापाले बताए । हालसम्म करीब ४५ हजार पठाओ चालकले अनुमतिपत्र लिएका छन् । थापाका अनुसार यसमध्ये ५ हजार चालक काम गर्न कम्पनीको सम्पर्कमा आइसकेका छन् ।

यसअघि सरकारले असार अन्तिम साता जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेकोमा त्यसयता ट्याक्सीलगायत सार्वजनिक यातायात सञ्चालन हुँदै गएका छन् । बिहीवारबाट मुलुकभर छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउँदै छन् ।-आर्थिक अभियान दैनिक


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.