add

सोमबारदेखि सार्वजनिक गाडी चलाउन व्यवसायी तयार






ActPro Nepal

|

४ साउन, २०७७

|
1141

काठमाडौं ।  सोमबार देखि सार्वजनिक यातायात सञ्चालन गर्न व्यवासायीहरु तयार भएका छन् ।

सरकारले असार २६ गतेदेखि नै छोटो दूरीका यातायात सञ्चालन गर्न दिए पनि विभिन्न माग राख्दै व्यावसायीले गाडी चलाएका थिएनन् । तर, आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलपछि व्यवसायीहरु भोलिदेखि यातायात सञ्चालन गर्ने तयार भएका हुन् ।

व्यावसायीले राखेको अधिकांश मागहरु शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले सम्बोधन गरेपछि उनीहरु गाडी चलाउन तयार भएका हुन् ।

विभागले व्यावसायीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न व्यवसायीलाई अनुरोध गरेको छ ।

तत्काललाई सरकारले तोके बमोजिम नै जिल्ला भित्रै यातायात सञ्चालन हुनेछन् । काठमाडौं उपत्यकाको हकमा भने तीनै जिल्ला उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा गाडी सञ्चालन हुनेछन् ।

यसअघि नै उपत्यकामा मयूर यातायात, सुन्दर यातायात, साझा यातायात, संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा आइसकेका छन् ।

यस्तै व्यवसायीले लामोदूरीको यातायात सञ्चालनको तयारी भइरहेको र सरकारले अनुमति निसाथ सञ्चालन गर्ने बताएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.