add

मार्जिन लोनको सीमा बढ्यो, गाडीको डाउन पेमेन्ट घटाइयो






ActPro Nepal

|

२ साउन, २०७७

|
666

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्‍चालक समितिले चालु आर्थिक वर्ष ०७७/ ७८ मौद्रिक नीति पास गरेको छ ।

बिहान बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि दिउँसो ३ बजे नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति सार्वजनिक हुनेछ ।

मौद्रिक नीतिमा  कर्जा स्रोत परिचालन अनुपात (सीसीडी) मा पनि परिमार्जन गरिएको छ । स्रोतका अनुसार सीसीडी रेसियो ८५ प्रतिशत कायम गर्ने निर्णय सञ्‍चालक समितिले स्वीकृत गरेको  हो । 

यतायात व्यवसायमा देखिएको तलरता अभावलाई मध्यनजर गर्दै चालु पुँजी कर्जाको सीमामा पनि बढाउने निर्णय मौद्रिक नीतिमा गरिएको छ ।

मौद्रिक नीतिले ६५ प्रतिशत रहेको सेयर धितो कर्जा (मार्जिन लोन) को सीमा पनि बढाएको छ भने गाडी कर्जाको डाउन पेमेन्ट सीमा पनि घटाएको छ । 

राष्ट्र बैंकले अटो लोनको सीमालाई पनि बढाएर ६० प्रतिशत पुर्याएको छ । ५० लाख रुपैयाँ पर्ने गाडी किन्नु परेमा २० लाख  हजार रुपैयाँ डाउनपेमेन्ट गरेर बाँकी इस्टलमेन्ट तिरे पुग्छ ।

तत्कालका लागि अन्य क्षेत्रमा ऋण प्रवाह हुनसक्ने अवस्था नभएका कारण यी क्षेत्रमा बैंकले प्रवाह गर्न पाउने ऋणको बढाइएको राष्ट्र बैंक स्रोतको दाबी छ ।

कोभिड १९ ले गर्दा सार्वजनिक यातायातमा नागरिकलाई जोखिम बढी भएकाले निजी तर सस्ता गाडीको डाउन पेमेन्ट घटाएको हो । 

यसैगरी मौद्रिक नीतिले सर्तसहित बैंकास्योरेन्स पनि खुलाएको छ । राष्ट्र बैंकले स्वेच्छिक मर्जरको नीति अवलम्बन गर्दै बिग मर्जरमा जानेलाई सहुलियत दिने निर्णय गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.