add

लकडाउनमा छापियो साढे ३ लाख स्मार्ट लाइसेन्स, साउनपछि परीक्षा दिएको १ महिना मै लाइसेन्स






ActPro Nepal

|

१२ असार, २०७७

|
885

काठमाडौं । यातायात व्यवस्था विभागले लकडाउनको समयमा स्मार्ट लाईसेन्स प्रिन्ट तीव्र रुपमा गरिरहेको छ ।

लकडाउनको समयको सदुपयोग गर्दै विभागले  करिब साढे ३ लाख लाइसेन्स छापेको छ । लकडाउनका कारण सवारी लाइसेन्स परीक्षा बन्द छ । तर यसअघि नै परीक्षा पास गरेका र नविकरण गरेका लागि स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको यतायात व्यवस्था विभागले  लकडाउनको सदुपयोग गर्दै स्मार्ट लाइसेन्स छापेको  हो । लकडाउन केही खुकुलो भएपछि हाल छपाइको काम दुई सिफ्टमा सञ्चालन गरिएको छ ।

अब आम सवारी चालकले स्मार्ट लाइसेन्स लिनको लागि लामो प्रतिक्षा गर्नु नपर्ने विभाग स्रोतले जनाएको छ ।

‘अब बाँकी लाइसेन्स छाप्ने काम सकिएपछि डाइर्भिङ ट्रयाल परीक्षा पास गरेको १ महिनामै लाइसेन्स पाउनु हुनेछ ।

सो अवधिमा छापेको सवारी साधन अनुमतिपत्र बाड्न शुरु गरेको छ । हाल विभागले दैनिक यातायात कार्यालयबाट तीन हजारभन्दा बढी लाइसेन्स वितरण वितरण गरिरहेको छ ।

कोभिडलाई मध्यनजर गर्दैै लकडाउन खुकुलो भएपछि सामाजिक दूरी कायम गर्दै धेरै भिड नहुने गरी विभागले लाइसेन्स वितरण शुरु गरेको हो ।

सरकारले चैत पहिलो साता नै कोरोना भाइरसको जोखिम रोकथामका लागि नयाँ सवारी चालक अनुमति पत्र जारी नगर्ने निर्णय सहित सूचना जारी गरेको थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.