add

ऐतिहासिक धार्मिक स्थल बराहक्षेत्र, जहाँ एक दर्शनले चिताएको पुरा हुन्छ






ActPro Nepal

|

३ चैत, २०७६

|
4010

कविता उषा ओझा कठमाण्डौं  । हिन्दु धर्ममा भगवान र मन्दिरको विशेष महत्व हुन्छ । धार्मिक दृष्टिकोणले ज्यादै महत्वपुर्ण  श्रीराम तारकब्रम्ह पीठमा अवस्थित विराट रामनाम रसीक ईच्छापुर्ण सिद्ध हनुमान  निवास(मन्दिर)प्रदेस न १ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकामा पर्छ ।  

यस मन्दिरको तल्लो भाग मन्दिर भित्र पञ्चमुखी हनुमान र मन्दिरको माथि टाढाबाट सम्म देखीने गरी नेपालमै हाल सम्मको सबैभन्दा अग्लो विराट हनुमान भगवानको प्रतिमा राखीएको छ । 

उक्त हनुमान मन्दिर निर्माणको पछाडिको खास रहस्य यो हो की मन्दिर निर्माण अगावै भगवान हनुमानले श्रीराम तारकब्रम्ह पीठका पीठाधिस्वरलाई साधनामा ध्यान मग्न भएर बसेको अवस्थामा प्रत्यक्ष रूपमा दर्शन दिई भगवान हनुमान आफू विराट स्वरूपमा यसै चतारा धराधाममा बस्न चाहेको बताए पश्चात पञ्चमुखी अनि एकमुखी विराट स्वरूपमा भगवान हनुमानको प्रतिमा निमाण गरी वैधिक अनि सम्पुर्ण रूपमा शास्त्र सम्मत विधि–विधान अनुसार भगवान हनुमान लाई साक्षात रूपमा आब्हान गरी उक्त प्रतिमामा प्राण प्रतिष्ठा गरी बिराजमान गराएपश्चात हनुमान भगवानको प्रिय नाम ” श्रीराम जय राम जय जय राम “ यस मन्त्रको अखण्डरूपमा कुनै दिन नटुटाईकन आज सम्म पनि किर्तन भईरहेको छ भने अर्को तर्फ अखण्डरूपमा ” हनुमानष्टक ” को पाठ भईरहेको हुन्छ र अर्को तर्फ ” वेद र श्रीरामचरीतमानस ” को पाठ भईरहेको दृष्यले यस हनुमान मन्दिरमा प्रत्यक्ष रूपमा हनुमान भगवानको आभास भएको यहाँ आउने प्रत्येक भक्तको मुखबाट सुन्नमा आएको छ । शास्त्रमा भनाई छ की ” यत्र यत्र रधुनाथ किर्तनम् तत्र तत्र किर्तमस्तकाञ्जलीम् । “ अर्थात जहाँ जहाँ भगवान राम को किर्तन हुन्छ पवनसुत हनुमान त्याहाँ कुनै न कुनै रूपमा उपस्थित हुनुहुन्छ ।

यस चतारा धाममा अवस्थित हनुमान मन्दिर रहस्य नै रहस्यले भरिएको छ । यस मन्दिरको मुलद्वार बाट भित्र प्रवेस गरेपश्चात हनुमान भगवानको दर्शनले नै मानिशभित्ररहेका दैवि शक्ति वा भनौ कुण्डलीनी शक्ति आफै जागृत हुनुका साथै दैवि उर्जाको छुट्टै अनुभुति हुने र पलेटी मारेर ढाड सीधागरी आँखा चिम्लेर भगवान राम अनि हनुमानलाई सम्झेर छ९ज्ञण् मिनेट मात्र ध्यान गर्नाले स्वतः योग प्रकट हुने भएको र ईश्वरीय सत्ताको र हनुमान भगवानको प्रत्यक्ष आभास भएको धेरै भक्तजनहरूको भनाई छ । यस मन्दिरमा रामनाम रसीक विराट ईच्छापुर्ण सिद्ध हनुमान भगवानको दर्शन मात्रले पनि शारिरीक , मानशिक रोग हटेर जाने अनि यदि कसैलाई भुत , प्रेतको बाधा भएमा एक पटक यस मन्दिरमा आएर हनुमान भगवानको अगाडी आफ्नो सारा समस्या भनेपछि हटेर जाने र आफ्ना मनोकामनाहरू पुर्ण हुने जन विस्वास र अधिकांस भक्तहरूको भनाई छ । कुनै दुःखद धडी आउनु पुर्व नै पञ्चमुखी हनुमानको आँखाबाट आँशु झर्नै यस मन्दिरका पुजारी भन्नुहुन्छ । यदि कोहि एकदमै श्रद्धा पूर्वक भगवान हनुमानको प्रार्थना गर्छ भने पनि हनुमान भगवानको आँखाबाट प्रत्यक्ष आँशु झरेको भक्तहरूको भनाई छ । सधै हनुमान मन्दिरमा निश्चित समयमा भगवानलाई भोग लगाईन्छ , निश्चित समयमा भगवानको आरति गरिन्छ ।

आज भन्दा 6 बर्ष आगडिको घटना हो बिहान हनुमान भगवानको आरतीमा केही समयको बिलम्ब भयो त्यपश्चातको घटना सोचेको भन्दा पनि परको अकल्पनिय घटना धट्यो भगवानका मन्दिरमा झुण्ड्याईएका घण्टहरू आफै बज्न लागे ठुलो हावा चल्न लाग्यो र हेर्दा हैर्दै भगवान हनुमान विराट स्वरूपमा प्रकट भएर यता उता उड्न लागनुभयो । उक्त मन्दिरमा त भक्तहरूले त्यो दृश्य देखे तर ज्ञ।छफ पर चतारा बसपार्क छ ऊक्त बसपार्कमा पनि विराट स्वरूपमा हनुमान भगवानलाई प्रत्यक्ष रूपमा दर्शन भएको चतारा स्थानिय हरू बताउछन् त्यस समयमा हनुमान भगवानलाई कसैले एउटा स्वरूपमा , कसैले भने हनुमान भगवानले साथमा वानर सेना लिएर हातमा गदा बोकी विराट स्वरूपमा उड्दै गरेको दृश्य आफुहरूले देखेको स्थानिय र भक्तहरू बताउछन् उक्त दैवि शक्तिको प्रत्यक्ष प्रमाणको लागी अब अरू कुनै प्रमाणको आवश्यकता नभएको अवस्था प्रश्ट हुन्छ र यो ब्रम्हाणड ईश्वर द्वारा नै श्रृजीत हो र भगवान श्रीरामको आज्ञा अनुसार कलियुगका प्रत्यक्ष देवता हनुमान हुनुहुन्छ अब यो कुरा शास्त्रद्वारा त प्रमाणीत छ नै अब उक्त हनुमान मन्दिरको दृश्यले पुर्ण रूपमा प्रमाणीत भएको छ । यसै वैदिक सनातन हिन्दु धर्म प्रमाणीत र एक मात्र ” शाश्वत सत्य ” हो । यस हनुमान मन्दिरमा मंगलबार र शनिबारको दिन भक्तहरूको विशेष भिड लाग्ने गरेको छ । मानव शरिर लिएर यस धर्तीमा आईसके पश्चात चतारा जस्तो दिब्य अनि भब्य तिर्थस्थल जहाँ कलियुगका साक्षात देवता भगवान हनुमान प्रत्यक्ष बिराजमान हुनुहुन्छ । कलियुगका साक्षात देवता हनुमान जी हुनुहुन्छ र हनुमान जी अहिले पनि यसै पृथ्वीमा अवस्थित हुनुहुन्छ भन्ने स– प्रमाण चतारा धामामा घटित दिब्य घटनाहरूबाटै प्रमाणीत हुन्छन ।

बराहक्षेत्र चतारा धाम धर्तिकै पहिलो धराधाम ।।।।

प्राचिन हरिद्वार बराहक्षेत्र चतारा धाम जुन आम जनमानसमा धार्मिक स्थलको रूपमा परिचित छ । यसै बराहक्षेत्र चतारा धामलाइ नै पृथ्विको पहिलो धराधाम पनि भनिएको शास्त्रर्थ प्रमाण पाइन्छ । यस धर्तिमै प्रथम पटक भगवानले बराहक्षेत्र चतारा धाममा विश्वका हिन्दु धर्मावलम्बीहरुको चार क्षेत्र(हरिहर क्षेत्र, कुरु क्षेत्र, मुक्ति क्षेत्र र बराहक्षेत्र) छन्, ती मध्ये मुक्ति क्षेत्र र बराहक्षेत्र नेपालमा पर्छ ।

यी चार क्षेत्रमध्ये पनि बराह क्षेत्र भगवान विष्णुको तेस्रो अवतार भएकोले यस ठाउँलाइ  पवित्र र महत्वपुर्ण तीर्थस्थल मानिन्छ ।  ‘बराह क्षेत्रको महिमा र महत्व असाध्यै ठुलो छ ।  प्राचीन तथा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार  हिरन्याक्ष नाम गरेको राक्षसले पृथ्वीलाई आफ्नो क्षेत्रभित्र राखेर रसातलमा डुवाई मानव सृष्टी रोकेपछि  भगवान् विष्णुले बराह अर्थात बँदेलको अवतार लिएर रसातालमा डुब्दै गरेका पृथ्वीलाई आफ्नो सुडले उचालेर बाहिर निकालेपछि बराहक्षेत्रमा पृथ्वीलाई राखेको भन्ने उल्लेख छ ।

त्यही पौराणिक धार्मिक मान्यताका कारण बराहक्षेत्र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्न पुगेको हो  र हिरन्याक्ष राक्षसको बध गरेर यस क्षेत्रमा आई भगवान विष्णु बस्नु भएकाले बराह क्षेत्र नाम रहन गएको धार्मिक  बिश्वास रहेको छ ।

श्लोकहरुबाट पनि बराह पवित्र क्षेत्र चार धाममध्ये एक धाम हो भनेर उल्लेख गरिएको पनि छ । नेपालभित्र चार धाम कुन–कुन हुन् भने बराह क्षेत्र, बेत्रावती, पाशुपत क्षेत्र र रूरू क्षेत्र (रिडी) । यसरी नै छ गया अर्थात् षड्गया भनेर पनि नेपालका पवित्र स्थलहरुलाई लिएको आलेख पाइन्छ । पूर्व गया बराह सुनसरी, उत्तर गया बेत्रावती त्रिशूली । त्यसैगरी, पशुपति क्षेत्र काठमाडौँ, रूरू क्षेत्र (ऋषिकेश) पाल्पा रिडी, मुक्तिक्षेत्र मुस्ताङ र हरिहर क्षेत्र द्यौघाट तनहुँ आदि पर्दछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.