add

यो हो दुनियाको सबैभन्दा धेरै चट्याङ पर्ने ठाउँ






ActPro Nepal

|

२० फागुन, २०७६

|
1367

काठमाण्डौ । भेनेजुयलाको माराकाइबो ताल क्षेत्रमा हरेक मिनेटमा २८ पटक चट्याङ पर्दछ र यो दुनियाको सबैभन्दा बढि चट्याङ पर्ने ठाउँ हो । जहाँ काटाटुम्बो नदी माराकाइबो तालमा मिल्दछ, त्यो क्षेत्रमा एक वर्षमा २ सय ६० दिन त आँधीबेहेरी र हावाहुण्डरी नै  चल्दछ । तिव्र आँधिबेहेरीका कारण त्यहाँ निरन्तर विजुली चम्किरहेको र चट्याङ परिरहेको हुन्छ ।

डेलीमेलका अनुसार माराकाइबो तालमा रहेक मिनेटमा औषतमा २८ पटक चट्याङ पर्दछ अर्थात् एक वर्षमा १२ लाख पटक चट्याङ पर्छ । त्यहाँ परेको चट्याङ अढाइ सय माइल टाढाबाट समेत देख्न सकिन्छ ।

आखिर त्यो तालमा किन यतिधेरै चट्याङ पर्छ होला रु वैज्ञानिकहरुले यस विषयमा विभिन्न खाले सिद्धान्त प्रतिपादन गरेका छन् । तिव्र गतिको हावाले तालको ओसिलो हावालाई जोडसँग सोहोरेर लग्ने र नजिकैको एन्डियन पहाडमा ठोक्काउने गर्दा यस्तो भएको कतिपयको भनाइ छ । अर्को सिद्धान्त अनुसार ताल क्षेत्रको धापमा कुहेका जिव तथा वनस्पतीबाट निस्किएको मिथेन ग्यासका कारण यस्तो चट्याङ निरन्तर पर्ने गर्छ ।

माराकाइबो ताल पहाडले घेरिएको छ । पहाडहरुले क्यारेबियन सागरबाट आउने न्यायो व्यापारिक वायुलाई ट्रयाप गर्दछन् । त्यो न्यानो हावा एन्डिज पर्वतबाट झर्ने चिसो हावासँग ठोक्किन्छ । त्यसपछि दुवै हावा माथि उठ्छन् र गर्जन सहित निरन्तर विजुली चम्किन्छ । वैज्ञानिकहरुका अनुसार माराकाइबो तालमाथिको आकाशमा चम्किरहने विजुलीका कारण उत्पन्न भएको उर्जाबाट पूरै ल्याटिन अमेरिकामा विजुली बाल्न पुग्दछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.