add

‘२०२० फोर्ड एन्डेभर’ नेपालमा, यस्तो छ मूल्य






ActPro Nepal

|

१६ फागुन, २०७६

|
674

काठमाडौं । फोर्डको नेपालकोलागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० संस्करण नेपाली बजारमा ल्याएको छ । 

बीएस सिक्स प्रदूषण नियन्त्रणमा आधारित २०२० एन्डेभर ४ बाइ ४ टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा उतारेको हो ।

भारतमा लागु भएको नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा आएको एन्डेभर फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेको छ ।

विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ । यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ र यो अफरोड तथा उपरखापड सडकमा पनि सजिलैसँग चलाउन सकिन्छ ।

उत्कृष्ट पर्फर्मेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो । साथै चाहेको दायरामा रहेर गियर लक गर्ने सुविधा पनि यसमा रहेको छ ।

पूर्ण सुरक्षा मापदण्ड पूरा गरी निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ । साथै आरामदायी, समानान्तर पार्क सहायतालगायतका फिचरहरू यसमा राखिएका छन् ।

२०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिनका कारण इन्धन र पर्फर्मेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ । गाडीमा ३ वर्ष वा एक लाख किलोमिटर सम्मको वारेन्टी छ ।

डिफ्युज सिल्भर, डायमन्ड ह्वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध यस कारको प्रारम्भिक मूल्य रू। १ करोड ४९ लाख राखिएको छ ।

यस्तो छ अल न्यू फोर्ड २.० लिटर ईको ब्लू इन्जिन

२०२० फोर्ड एन्डेभरमा प्रयोग भएको २.० ईकोब्लू डिजेल इन्जिन इन्धन र पर्फरमेन्सका लागि अतुलनिय प्याकेज बन्नेको कम्पनीको दाबी छ ।

यसले प्रदुषण घटाउनुको साथै माइलेज पनि बढाएको छ । ईकोब्लू युक्त यस गाडीले १२।४ किलोमिटरप्रति लिटरमाइलेज दिने कम्पनीको दाबी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.