add

‘२०२० जेनेभा मोटर शोमा’ मा हुन्डाई आई २० सार्वजनिक हुने






ActPro Nepal

|

१६ फागुन, २०७६

|
693

काठमाडौँ – मार्च ३ देखि स्विजरल्याण्डको जेनेभामा आयोजना हुँने ‘२०२० जेनेभा मोटर शोमा’ मा हुन्डाई मोटर्सको उत्पादन प्रिमियम ह्याचव्याक कार ‘आई २०’ सार्वजनिक  हुँदैछ ।

यो हुन्डाई मोटर्सको उत्पादन प्रिमियम ह्याचव्याक कार ‘आई २०’  को थर्ड जेनेरेशन मोडल हो ।

कम्पनीले यसलाई युवा वर्ग लक्षित गर्दै निकै ट्रेन्डी एक्स्टेरियर डिजाइनमा तयार गरेको छ । यसको अगाडिको भाग निकै आकर्षक बनाइएको छ भने यसलाई स्पोर्टी बनाउन हनी कर्व ग्रिल दिइएको छ ।

एङ्गुलर एलइडी हेडल्याम्प दिइएको छ भने गाडीमा देखिने सार्प क्यारेक्टर लाइनले कारलाई निकै स्पोर्टी लुक्स प्रदान गरेको छ । हुन्डाईको नयाँ सिग्नेचर डिजाइन प्ल्याटर्फममा नयाँ आई २० निकै उत्कृष्ट देखिएको छ ।

पछाडिको भागको कुरा गर्नु पर्दा नयाँ जेनेरेशन आई २० मा जेड सेप एलइडी लाइट सेटअप दिइएको छ । यसले कारलाई निकै स्टाइलिस देखाएको छ । गाडीको इन्टेरियरमा निकै प्रिमियम र डाइनामिक फिल गर्न सकिनेगरि तयार गरिएको दाबी अन्तर्राष्ट्रिय मिडियाले गरेका छन् । भर्टिकल इन्ट्रुमेन्ट क्लष्टर र १०।२५ इन्चको प्यानलले यसलाई निकै आकर्षक र फरक देखाएको छ ।

यसलाई विभिन्न बजार अनुसारको फरक फरक इन्जिनमा ल्याउने कम्पनीले जनाएको छ । यसमा १,२ लिटर पेट्रोल, १,० लिटर टर्बो पेट्रोल, १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा ल्याउने छ ।

यसको ‘एन’ भेरियन्ट भने १.६ लिटर र २.० लिटर पेट्रोल इन्जिनमा समेत उपलब्ध हुने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.