add

एमसीसी संसदबाट पारित हुने - शेरबहादुर देउवा






ActPro Nepal

|

१४ माघ, २०७६

|
1195

प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाबाट प्राप्त हुने अनुदानका सन्दर्भमा भएको एमसीसी सम्झौतालाई तत्काल संसदबाट संसदबाट पारित हुने बताएका छन्। 

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिन प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका देउवाले यसै अधिवेशनबाट एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिए।   

‘शुसील कोइराला प्रधानमन्त्री हुँदा नै एमसीसी आएको हो, यति ठूलो सहयोग नेपालमा आउनेवाला छ । नेपालको बिजुली भारतमा निर्यात गर्नका लागि अमेरिकाले दिने सहयोग नेपालले किन नलिने,’ सभापति देउवाले भने, ‘तत्काल एमसीसी संसदबाट पारित गर्नुपर्छ ।’

सभापति देउवाले धेरै ठुलो रस्साकस्सीका बावजुत सभामुख चयन हुनुभएको भन्दै नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिँदै कार्यकालभर आफ्नो तर्फबाट पूर्ण सहयोग रहने पनि बताए ।

‘सभामुख तटस्थ पद हो, निस्पक्ष पद हो । संसद विपक्षीको हो भन्ने कुरा ध्यान दिन हुन आग्रह गर्छु । सत्ता पक्षले संसदमा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो,’ देउवाले भने, ‘प्रतिकूल विधेयकहरु सरकारले संसदमा पेश गरेको छ । मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रता विरोधी विधेयकहरु संसदमा आएका छन् । प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता आवश्यक छ ।’

प्रतिनिधिसभाको विपक्षी दलका नेता रहेका देउवाले संसद बैठकमार्फत कोरोना भाइरहेको बढ्दो जोखिमका सन्दर्भमा समेत सरकारको ध्यानाकर्षण गराए । ‘कोरोना भाइरसका सन्दर्भमा जोखिम न्यूनिकरणका लागि २४ घण्टे हेल्प डेस्क चलाउन आवश्यक देखेको छु,’ देउवाले भने, ‘चीनसँग सिधा उडान छ, चीनमा रहेका नेपालीका बारेमा समेत सरकारको ध्यान जानुपर्छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.