add

बजेटका सम्बन्धमा सांसदहरु उठाएका प्रश्नमा अर्थमन्त्री पुनको जवाफ (पूर्ण पाठ)






ActPro Nepal

|

२४ जेठ, २०८१

|
199

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् । बजेटमाथिको छलफल सकिएसँगै अर्थमन्त्री पुनले बुधबार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका आएका विषयको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनैपनि पूर्वाग्रहको दृष्टिकोण नराखी हेर्ने हो भने यो बजेट यथार्थ धरातलमा टेकेर आएको जिकिर गरे ।

उत्पादन र रोजगारीका अवसर सिर्जना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने उद्देश्यको कार्यदिशा स्पष्ट गरी आगामी आवलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको पुनको भनाइ छ ।

मन्त्री पुनले संविधान, पन्ध्रौँ आवधिक योजनाको समीक्षा, सोह्रौँ योजनाको सोच, गणतन्त्रको डेढ दशकको उपलब्धिका समीक्षा र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट तर्जुमा गरिएको स्पष्ट पारे।

उनले भर्खरै सम्पन्न भएको लगानी सम्मेलनमा व्यक्त प्रतिबद्धताबमोजिम थप वैदेशिक लगानी परिचालन हुने र तीन तहकै सरकारबाट पुँजीगत खर्चमा बढोत्तरी हुने विश्वास व्यक्त गरे।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.