add

दिपेश लामा भन्छन् : आफ्नो पार्टीले ठूला दलहरुलाई मुलुकलाई दुर्भाग्यतिर लैजान नदिने !






ActPro Nepal

|

११ कार्तिक, २०७९

|
425

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा)  को तर्फबाट नुवाकोट निर्वाचन  क्षेत्र .न. २  प्रदेश  ‘क’ का प्रदेश सभा सदस्य उम्मेदवार दिपेश लामाले मुलुकको हरेक परिवर्तनमा युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकाले आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

देशमा हुने गरेका विभिन्न काल खण्डमा गरेको बलिदान र योगदानले व्यवस्था त बदलियो तर अवस्था बदलिएन । अब बवस्था बदल्नका लागि नुवाकोट क्षेत्र नं २ प्रदेश  ‘क’  मा मेरो उम्मेदवारी हो ।’  बिहिबार एक्ट प्रो नेपाल डट कम सँगको कुराकानीमा उनले यस्तो बताएका हुन ।  

‘राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा)  नुवाकोट निर्वाचन  क्षेत्र .न. २ क्षेत्रीय उपाध्यक्ष समेत रहेका नेता लामाले मुलुकको हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा) को नेतृत्वमा नै लोकतान्त्रिक नेपालको समुचित विकास र समृद्धिको अभियान अघि बढ्ने विश्वास व्यक्त गरे ।

मुलुकको विकासमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा) ले खेलेको भूमिकाको नेपाली जनताले उच्च मूल्यांकन गर्ने समय आएको पनी बताए ।

 ‘आगामी निर्वाचनपछि आफ्नो पार्टीले ठूला दलहरुलाई मुलुकलाई दुर्भाग्यतिर लैजान नदिने ,’ उनले भने, ‘ त्यसका लागि राप्रपाका नेताहरुले एकतावद्ध भएर निर्वाचनमा विजयी हुने गरी प्रचार अभियानलाई तीव्रता दिन उनको आग्रह थियो।’

यो पनि

के छन् नुवाकोटका जनताका निम्ति दिपेश लामाको प्रतिबद्दताहरु ?



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.