add

हिमालय एयरलाइन्सले मार्च महिनाभर साउदी उडान नगर्ने






ActPro Nepal

|

२ चैत, २०७६

|
764

काठमाडौं ।  निजी क्षेत्रको वायुसेवा कम्पनी  हिमालय एयरलाइन्सले मार्च महिनाभरका लागि साउदी अरवको उडान रद्द गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन डरले साउदी सरकारले १५ मार्चदेखि लागु हुने गरी दुई साताका लागि साउदीमा अस्थायी प्रतिवन्ध लगाएको हो ।

सोही अनुसार हिमालयले यस रुटमा सबै दुई साताका लागि सबै उडान रद्द गरेको हो । साउदीमा नेपालबाट हिमालय एयरलाइन्सले मात्र उडान गरिरहेको थियो । कम्पनीका अनुसार सोमबारबाट साउदीको दमाममा भइरहेको उडान रद्द गरिएको छ ।

यो रुटमा टिकट लिइसकेका यात्रुले एक पटकका लागि निःशुल्क टिकटको मिति परिवर्तन गर्न सक्ने भएका छन् । यसअघि हिमालयले चीनका पाँचवटै गन्तब्यको उडान झिकेको छ ।

यसबाहेक कतारको दोहाबाट समेत हिमालयले उडान रद्द गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.