काठमाडौँ । काठमाडौं उपत्यका स्थित नदीनाला आसपासका सडक तथा केही मुख्य सडक खण्डको सवारी आवागमनमा प्रभाव परेको छ । जस अन्तर्गत तिनकुने, गैरीगाउँ वरिपरी, युएनपुल, टेकु स्थित विष्णुमती करिडोरको बाटो, माइतीघर नयाँबाटो, ग्वार्को-ईमाडोल सडकखण्ड, परोपकार, सानेपा-कालोपुल, बल्खुपुल सडकखण्डको सवारी आवागमनमा प्रभाव परेको हो ।
पहिरोका कारण विभिन्न नाका हुँदै सञ्चालन हुने सवारी साधन पनि चल्न सकेका छैनन् । नागढुङ्गा-नौबिसे, फर्पिङ, भिमढुङ्गा, धर्मस्थली-तिनपिप्ले र कान्तीलोकपथमा सवारी साधन सञ्चालन हुन सकेको छैनन् ।
पानीको बहाव बढेकाले बनेपा बजार हुँदै चल्ने सवारी साधन पनि चल्न सकेका छैनन् । निरन्तर वर्षा भइरहेकाले सुरक्षालाई मध्येनजर गरि अत्यावश्यक काम बाहेक यात्रा नगर्न सम्पुर्ण सडक प्रयोग कर्तालाई ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।
बाढी र पहिरोको उच्च जोखिमलाई नै मध्येनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनले पनि नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।