add

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान






ActPro Nepal

|

१० वैशाख, २०८१

|
131

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गरेका छन् । 

इन्टरपोलको महासचिवालयको आयोजनामा लियोनमा हुन लागेको १९ औँ हेड अफ एनसीबी कन्फरेन्समा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । महानिरीक्षक कुँवर नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालको प्रमुखकारुपमा सो सम्मेलनमा सहभागी हुँदैछन् । 

महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुभकामनासहित विदाई गरे । हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा ट्रान्सनेशनल संगठित अपराधका विषयमा छलफल हुने जनाइएको छ । सम्मेलनमा इन्टरपोलका सबै सदस्य राष्ट्रहरु अर्थात् १९६ वटै देशका एनसीबीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहनेछ । 

सो क्रममा महानिरीक्षक कुँवरले भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरुसँग द्विपक्षीय बैठक समेत राखिएको छ ।  नेपाली मितिअनुसार वैशाख ११ देखि १३ गतेसम्म फ्रान्सको लियोनमा हुने सम्मेलनमा महानिरीक्षक कुँवरसहित नेपालबाट प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेत सहभागी हुँदैछन् । 

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.