add

टोपबहादुर र बालकृष्णसहित ३० जनाविरुद्ध मुद्दा दर्ता, के छ अभियोगपत्रमा ? (पूर्णपाठ)






ActPro Nepal

|

११ जेठ, २०८०

|
327

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका १६ सहित फरार सूचीमा रहेका आरोपीविरुद्ध मुद्दा दर्ता भएको छ ।

बुधबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

पक्राउ परेका र फरार अभियुक्तहरूविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरुद्धको अपराध गरी चारवटा छुट्टाछुट्टै मुद्दा दर्तासँगै २८ करोड ८१ लाख ७४ हजार बिगो माग गरिएको छ ।

अभियोगपत्रमा मुलुकी अपराध संहिताको दफा ४३ को एकीकृत कसुर, दफा ५१ को राष्ट्रिय हितविपरीतको कसुर, दफा २४९ को ठगीको कसुर, दफा २७६ को सरकारी लिखत किर्तेसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ बमोजिमको संगठित अपराध भएको दाबीसहित मुद्दा दायर भएको उल्लेख छ ।

मुद्दा दायर गरिएकाहरुमा पक्राउ परेकाहरु पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृह मन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा.ईन्द्रजित राई, हज समितिका अध्यक्ष शमसेर मिया, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक कुमार गुरुङ, गोबिन्द कुमार चौधरी, रामशरण केसी र पूर्वसभासद आङटावा शेर्पा रहेका छन् ।

फरार रहेकाहरु केशव तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, अशोक पोखरले, धिरेन राई, दिपा हुमागाईँ, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरन्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापलाई पनि प्रतिवादी बनाइएको छ।

के छ अभियोगपत्रमा ?




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.