add

ब्राउन सुगरसहित चार जना पक्राउ






ActPro Nepal

|

३० साउन, २०७९

|
862

सुर्खेत । ब्राउन सुगरसहित सुर्खेतको वीरेन्द्रनगरबाट एक दम्पतीसहित चार जना पक्राउ परेका छन्।

कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिएको संयुक्त प्रहरीले टोलीले वीरेन्द्रनगर नगपालिका–४ समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

विशेष सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले खानतलासी गर्दा घरको कोठाका विभिन्न ठाउँमा लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध ब्राउन सुगरजस्तो देखिने ४७ ग्राम ६ सय २० मिलिग्राम फेला पारी बरामद गरिएको उनले बताए। लागूऔषधसहित २६ हजार तीन सय रुपैयाँ पनि बरामद गरी गरिएको छ।

त्यसैगरी, प्रहरीले आइतबार नै वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत घिमिरे डाँडा क्षेत्रबाट सात पुरिया लागूऔषधसहित वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत निवासी ३१ वर्षीय भीमबहादुर रोकाया र ९ निवासी २५ वर्षीया जीवनकली थापा घिमिरेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.