add

सामाजिक सञ्जालमा चिनजानपछि गेस्टहाउसमा भेट्दा बलात्कार र लुटपाट






ActPro Nepal

|

७ असार, २०७९

|
761

काठमाडौं ।  काठमाडौंको भोटेबहालस्थित एक गेस्ट हाउसमा काभ्रे घर भएका एक युवकले युवतीलाई बलात्कार गरेर सुन र नगद लुटेका छन्। गएको जेठ २९ गते बेलुका काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने विवश तामाङले २४ वर्षीया युवतीलाई बलात्कार गरेका हुन्।

आरोपीलाई असार ५ गते प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाई बलात्कार गरेपछि आरोपितले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीले बताएको छ।

सामाजिक सञ्जालमार्फत चिनजान भएकी युवतीलाई ३० वर्षीय विवशले ‘विवाह गर्छु भनेर सम्बन्ध अघि बढाएका थिए। पहिलो भेटमै उनले बलात्कार गरेर लुटपाटसमेत गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। भेट हुँदासम्म युवतीलाई युवकको सही नाम र ठेगानासमेत थाहा नभएको प्रहरीले बताएको छ।

युवकले गेस्ट हाउसको लगबुकमा युवतीकै परिचयपत्र र मोबाइल इन्ट्री गराएका थिए। बलात्कारपछि मोबाइलसमेत लिएर उनी भागेको प्रहरीले जनाएको छ।

आरोपितलाई बलात्कार र चोरी मुद्दामा प्रहरी वृत्त कालीमाटीले अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.