add

सर्लाहीबाट बिदा भए इन्स्पेक्टर गिरी






ActPro Nepal

|

९ जेठ, २०७९

|
676

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण गिरीलाई सोमबार बिदाई गरिएको छ ।

जिल्लामा रहँदा कुशल छवी बनाएका प्रहरी निरीक्षक गिरीलाई सरुवा भएको झण्डै डेढ महिनापछि बिदाई गरेर पठाइएको हो । गिरीसहित सर्लाहीका ७ जना प्रहरी निरीक्षकको गएको चैत २५ गते नै सरुवा भएको थियो । तर, चुनाव मुखैमा आइसकेकाले जिल्लाको वस्तुस्थितिबारे राम्रोसँग बुझेको, शान्ति सुरक्षामा कुनै असर पर्ने खालका गतिविधि हुँदा घटनाभएको स्थलमा पुगेर समाधानको पहल गर्न सक्ने क्षमता भएका अनि एसपीसहित सबैतिर नयाँ सरुवा भएर आएका इन्स्पेक्टरहरु मात्रै रहेकाले जिल्लाका सुरक्षा अधिकारीहरुले माथिल्लो निकायमा समन्वय गरी इन्स्पेक्टर गिरीलाई तत्काल जिल्लामै राखेका थिए ।


सर्लाहीका प्रहरी प्रमुख (एसपी) प्रवीण पोखरेलले प्रहरी निरीक्षक गिरीले जिल्लाभरको अवस्था बुझेको र समन्वयकारी भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्ने भएकाले माथिल्लो निकायमा आग्रह गरी चुनावभर जिल्लामै राखेर सोमबार सरुवा भएको स्थानमा बिदाई गरेर पठाइएको उज्यालो अभियानसँग बताए । प्रनि गिरीको जिल्ला प्रहरी परिसर काठमाण्डौैंमा सरुवा भएको छ ।

गिरीसँगै चैत २५ गते सरुवा भएका प्रहरी निरीक्षकहरु भने त्यतिबेला नै सरुवा भएको आ–आफ्नो ठाउँमा गइसकेका छन् । गिरीलाई जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल, डीएसपी माधवप्रसाद बुढाथोकी र अन्य प्रहरी अधिकारीहरुले अबिर, खादा पहिर्याएर मायाको चिनोसहित बिदाई गरे ।

यस्तै, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित अन्य सुरक्षा अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी र विभिन्न सामाजिक संघसंस्थाहरुले पनि उनको बिदाई गरेका छन् । २०७७ साल कात्तिक २३ गते सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आएका इन्स्पेक्टर गिरीले यहाँ १ वर्ष ६ महिना १४ दिन बिताए ।

गिरीको कार्यसम्पादनलाई मूल्यांकलन गर्दै जिल्ला प्रहरी कार्यालय तथा तालुक कार्यालयहरुले उनलाई ५ पटक नगदसहित पुरस्कृत गरेको छ भने अन्य सरोकारवाला निकायहरुले पनि प्रशंसा पत्रसहित सम्मान गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.