add

अघिल्लो सरकारको पालामा एकपछि अर्को छलाङ मारेका पोखरेलको किन लाग्यो आइजीपी यात्रामा ब्रेक ?






ActPro Nepal

|

१८ वैशाख, २०७९

|
1406

काठमाडौं ।  नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले एसएसपीबाट एआइजीसम्मको बढुवामा ठूलै छलाङ मार्न सकेका थिए । उनले एआइजी बढुवा हुँदा दरबन्दी नै सृजना गरी बाजी मार्न सकेका थिए ।

शैलेश थापा क्षेत्री आइजीपीमा बढुवा हुँदा विश्वराज पोखरेल पनि प्रतिष्पर्धी देखिइसकेका थिए । तर, अघिल्लो ब्याचीलाई रोकेर पोखरेललाई बनाउने विषयमा तत्कालीन सरकार तयार भएन । 

तर, सुशील भण्डारीको दुर्घटनामा निधन भई रिक्त डिआइजी पदमा बढुवा हुँदा उनले दुई ब्याचलाई उछिन्न सकेका थिए । ठाकुर ज्ञवाली र शैलेश थापाको ब्याची कतिपय एसएसपीहरुलाई उछिनेर पोखरेल डिआइजीमा बढुवा भए ।

डिआइजी बढुवा ६ महिनासम्म रोकियो । त्यतिबेला तत्कालीन आइजीपी सर्वेन्द्र खनालका ब्याची थिए वीरेन्द्र श्रेष्ठ । उनलाई समेत एसएसपीमै घर जानुपरेको थियो । त्यसपछि बढाइएको बढुवा प्रक्रियामा पोखरेलले छलाङ मारेका थिए ।

शैलेश थापा आइजीपीमा बढुवा भएपछि तीन एआइजीको दरबन्दीमा हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीको बढुवा भयो ।

त्यसबेला पनि पोखरेलले बढुवाको प्रयास गरेका थिए । तर, आइजीपी शैलेश थापा क्षेत्रीले कार्कीका लागि अडान लिंदा पोखरेल रोक्किए ।

बढुवामा नपरेका पोखरेलले एआइजीको दरबन्दी सृजना गराउने सफलता हासिल गरे । त्यतिबेला उनले आइजीपी थापाका ब्याची डिआइजीहरुलाई उछिनेर छलाङ मारे । आफूभन्दा जुनियर ब्याचका एआइजीलाई सलाम ठोक्ने अवस्थामा पुगे डिआइजीहरु । पोखरेल आइजीपीको निश्चित दाबेदार देखिए । एकपछि अर्को छलाङ मार्दै पोखरेल एआइजी बने । तर, उनलाई फेरि नयाँ चुनौती बन्यो ।

तत्कालीन केपी शर्मा ओली सरकारले सहकुल थापालाई एआइजीमा दरबन्दी सृजना गरी बढुवा गर्यो । थापालाई पोखरेलको मुख्य प्रतिष्पर्धी बनायो । त्यसपछि दुईमध्ये एक आइजीपी बन्ने अनुमान गरियो ।

तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि २०७८ चैत्रमा एआइजीको तीन दरबन्दी सृजना गरी धीरजप्रताप सिंह, रवीन्द्र धानुक र वसन्त पन्तको बढुवा भयो । पन्त आइजीपी शैलेश थापाका ब्याची भएकाले १९ वैशाखमा सेवानिवृत्त हुने नै थिए । सिंह र धानुक आइजीपीका प्रतिष्पर्धी बने ।

नेपाल प्रहरीको सबैभन्दा उपल्लो पदमा पुग्ने बेलामा भने पोखरेलमाथि एकपछि अर्को चुनौती थपियो । उनका लागि वरियतामा दोस्रो एआइजी सहकुल थापाभन्दा तेस्रो वरियताका धीरजप्रताप सिंहको चुनौती बढेको थियो । सिंह इन्स्पेक्टर हुँदा पहिलो नम्बरमा, डिएसपी र एसपी हुँदा पहिलो नम्बरमा थिए । अघिल्लो सरकारको पालामा पोखरेलले एकपछि अर्को छलाङ मारेका थिए । यही बुझेका प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरेललाई बढुवा गर्न चाहेनन् ।

सिंहको विगतका मूल्यांकनहरु सकारात्मक थिए । एसपीसँग नम्बर एक नै रहेको र त्यसपछि बढुवामै रोकिएको घटनाहरु थिए । सीआइबीको कमाण्ड सम्हाल्दा उनले देउवाको मन जितेका थिए । यसकारण देउवा धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयमा पुगे । छलाङ मार्दै दुई ब्याचलाई उछिनेर एआइजी बनेका विश्वराज पोखरेलको खुड्किलोमा ब्रेक लाग्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.