add

यसरी बन्दो रहेछ काठमाडौंमै नक्कली मह,सञ्चालक परे फन्दामा






ActPro Nepal

|

७ माघ, २०७८

|
1468

काठमाडौं । काठमाडौंमा गुणस्तरहीन नक्कली महको उत्पादन र बिक्री गर्ने एकजना पक्राउ परेका छन् ।

उपत्यकाका विभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर एक जनालाई पक्राउ गरेको हो ।


महाशाखाले ठूलो मात्रामा मह, कच्चा पदार्थलगायत सामाग्रीसहित स्पर्श हनीका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भनिने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले गुणस्तरहीन मह बनाइरहेको अवस्थामा मह बनाउनका लागि प्रयोग गरिने विभिन्न प्रकारका सामग्री, मेसिन तथा केमिकलसमेत बरामद गरेको छ ।


श्रेष्ठले ७ वर्षदेखि महको व्यापार गर्दै आएका थिए।

सिन्धुपाल्चोकको ईन्द्रावति गाउँपालिका ६ का ३८ वर्षीय उनकी श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ नामको कम्मनी खोलेर महलाई बजारसम्म पुर्‍याउने गरेका थिए।

उक्त कम्पनीको मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेस्टुरेन्टहरुमा थोक तथा खुद्रामा बिक्री हुँदै आएको महाशाखाले बताएको छ।

श्रेष्ठले दाङ, नवलपरासी र चितवनबाट कच्चा पदार्थ खरिद गरी मह बनाएर बजारमा प्रतिकेजी ६५० रुपैयाँमा बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


तर उक्त स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत नभएको प्रहरीको ठहर छ । उक्त मह खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा परिक्षण गर्दा एएमएफ र एफ/जी अनुपातको मात्रा नेपाल सरकारद्वारा तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको खुलेको छ ।


तस्विर सौजन्य: नेपाल प्रहरी


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.