add

चाडबाडका बेला मापसे चेकजाँचलाई बिस्तार, सबै नाकाहरुमा कडाइ गरेका प्रहरीको दाबी






ActPro Nepal

|

२९ असोज, २०७८

|
1031

काठमाडौं  । चाडबाडका बेला प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकजाँचलाई बिस्तार गरेको र थप कडा पारेको छ ।

दुर्घटना हुने प्रमुख कारण मध्ये मदिरा सेवन एक भएकाले खपत बढ्ने चाडबाडका बेला काठमाडौं भित्रिने र बाहिरिने चारवटै नाकामा चेकजाँचलाई कडा पारिएको ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

प्रहरीका अनुसार १ सय ३२ स्थानमा २१ घण्टा मापसे जाँच गरिएको छ ।

मापसेको चेकजाँच गर्दा दैनिक २ सय ५० देखि ३ सयसम्म मानिसहरूले मदिरा सेवन गरेर सवारीसाधन चलाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरी महाशाखाको तथ्याङक अनुसार, दशैँमा करीब ९० प्रतिशत सवारी दुर्घटना चालककै लापरवाहीका कारण हुने गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.